Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

5 years ago

1220




धौलागिरीबासीलाई खुशीको खवर : कालीगण्डकी प्रसारण लाइनको काम अन्तिम चरणमा
धौलागिरीबासीलाई खुशीको खवर : कालीगण्डकी प्रसारण लाइनको काम अन्तिम चरणमा

जेठ १०, पर्वत कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गत म्याग्दीको दाना पर्वतको कुश्मा खण्ड निर्माण अन्तिम चरणमा पुगेको ।कोरोना भाइरसको रोकथाम नियन्त्रणका लागि लागू गरिएको लकडाउनकाबीच पनि स्वास्थ्य सुरक्षासम्बन्धी प्रावधानहरुको पूर्ण पालना गरी पालिका प्रशासनसँगको समन्वय सहयोगमा आयोजनाको निर्माण धमाधम भइरहेको दाना कुश्माको खुर्कोटमा २२०र१३२ केभी सबस्टेसन निर्माणका बाँकी रहेका काम पनि जारी दुवै सबस्टेसनका अधिकांश उपकरणहरु जडान भइसकेका छन्

 

दाना–कुश्मा खण्ड यही असारभित्रमा सञ्चालन (चार्ज) गर्ने लक्ष्यका साथ काम भइरहेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो यही प्रसारण लाइनमा  निजी क्षेत्रका लगानीकर्ताहरुले म्याग्दीमा निर्माण गरिरहेको ४२ मेगावाटको मिस्त्री खोला जलविद्युत आयोजनाको विद्युत् जोडिने निर्माणको अन्तिम चरणमा रहेको मिस्त्री खोला मुस्ताङमा सञ्चालनमा रहेको ११र२ मेगावाटको थापा खोला जलविद्युत् आयोजनाको विद्युत् दाना सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह हुनेछ अहिले थापा खोलाको विद्युत ३३ केभी लाइनमार्फत प्रवाह भइरहेको

 

३९ किलोमिटर दाना(कुश्मा प्रसारण लाइनअन्तर्गत सय १० टावरमध्ये म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको पोखरीबगरमा स्थानीयको अवरोधले गर्दा एउटा टावर मात्रै खडा गर्न बाँकी केही स्थानीयले प्रसारण लाइन मुनी आफ्नो घर परेको भन्दै रुट सार्न माग गर्दै निर्माणमा अवरोध गर्दै आएका थिए म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल, गाउँपालिका अध्यक्ष, वडाध्यक्षलगायतको पहलमा स्थानीयसँग छलफल गरी टावर निर्माण अगाडि बढाइएको

 

अहिले टावर खडा गर्ने काम भइरहेको तार टांग्ने तथा सबस्टेसनको बाँकी काम सम्पन्न गरी असारभित्रमा लाइन चार्ज गरिने प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले बताउनुभयो म्याग्दी पर्वतमा गरी करिब किलोमिटर मात्रै तार टाँग्न बाँकी रहेको आयोजना प्रमुख चन्दनकुमार घोषले जानकारी दिनुभयो उहाँले लकडाउनका कारण श्रमिक अभाव हुँदा निर्माणलाई तीव्रता दिन गाह्रो भए पनि असारभित्र जसरी पनि चार्ज गरिने बताउनुभयो

 

कालीगण्डकी नदी बेसिनमा निर्माण हुने जलविद्युत आयोजनाहरुको विद्युत प्रवाहका लागि नेपाल सरकार तथा प्राधिकरणको लगानी एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा कालीगण्डकी करिडोर प्रसारण लाइनको निर्माण सुरु गरिएको हो ।करिडोरको दोस्रो खण्डअन्तर्गत कुश्माबाट नवलपरासीको भुमही ९न्यू बुटवल सबस्टेसन०सम्मको प्रसारण लाइनको निर्माण पनि भइरहेको

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)