Correspondent, ParbatNepal
5 years ago
1202
पर्वत,जेठ १० । पर्वतबाट प्रत्यक्ष निर्वाचत संघीय संसद प्रतिनिधीसभाका सदस्य पदम गिरीले काठमाण्डौमा अलपत्र परेका पर्वतेलीलाई सहयोग गर्न राहत बोकेर घरघरमा पुग्नुभएको हो । संघिय राजधानीमा मजदुरी गर्ने विपन्न परिवार तथा लामो समयको लक डाउनका कारण घर जान नपाउँदा प्रभावित भएका बिद्यार्थीलाई घरघरमै पुगेर राहत बितरण गर्नुभएको हो । संसद वैठक जेठ १३ सम्मका लागि स्थगित भए पछि उनी अहिले पर्वत जिल्लाबाट काठमाण्डौंमा बसोबास गर्नेहरुलाई राहत सहयोग गरिहेका छन् । विरामी, मजदुरी गर्ने र विद्यार्थीहरु ५५ दिन भन्दा बढी लामो लक डाउनका कारण समस्या परेका छन् । कतिपय पर्वत जिल्ला भन्दा बाहिरबाट काठमाण्डौंमा बस्नेहरुलाई पनि सांसदले राहत कोष सहयोग गरेको उहाँको भनाई छ ।
राजधानीमा बस्ने जिल्लाबासीहरु आफूलाई सम्पर्क गर्ने हुँदा उनीहरुलाई प्राथमिकतामा राखेर आफूले सहयोग सामाग्रीहरु उपलब्ध गराएको उहाँले बताउनुभयो । । उहाँले लक डाउनका कारण समस्यामा पर्नेलाई सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभएको छ । ‘विपद्को यो घडिमा कोहि पनि समस्यामा नपरोस, कोही पनि भोकै बस्न नपरोस भन्ने मेरो चाहना हो’ उहाँले भन्नुभयो ‘संकटको बेला सबैले आफ्नो ठाउँबाट सहयोग गर्नुपर्छ’ सांसद गिरीले यस अघि पर्वत जिल्लामा कोरोना रोगको उपचारका लागि आफ्नो ३ महिना बराबरको तलब हस्तान्तरण गर्नुभएको थियो । उहाँ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पर्वत जिल्ला कमिटिका अध्यक्ष समेत हुनुहुन्छ ।
