Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

5 years ago

2407




पर्वतको पाङ र राम्जादेउरालीमा कृषि क्रान्ती–भकारो चिटिक्क,घरघरमा टनेल
पर्वतको पाङ र राम्जादेउरालीमा कृषि क्रान्ती–भकारो चिटिक्क,घरघरमा टनेल

मूख्यमन्त्री वातावरणमैत्री नमूना गाउँ कार्यक्रम शुरु भएपछि पाङ राम्जादेउरालीमा किसानहरु तरकारी उत्पादनमा अग्रसर

सबैका घरमा आधुनिक प्लाष्टिक टनेल घर बन्दै

भकारो सुधार गरि मलमुत्र संकलन

जेठ १० पर्वत गाईभैँसीको मलमुत्र संकलन गर्ने टंकी सुधारिएको भकारो केहीका घर अगाडी तरकारी फलाउने प्लाष्टिक टनेल कसैले नयाँ टनेल बनाउँदै कम्पोष्ट मल बनाउने खाडल पर्वतको कुश्मा नगरपालिका पाङ स्थित टारमा तरकारी फलाउन रुची नभएका पनि सिक्ने प्रयास गर्दैछन् मूख्यमन्त्री वातावरणमैत्री नमूना गाउँ कार्यक्रम लागु भएको पाङका १८३ घरमा देखिएको यो परिवर्तन हो गतवर्ष बाट यहाँ यो नयाँ कार्यक्रम शुरु भएको हो गण्डकी प्रदेश सरकारले शुरु गरेको गौरवको कार्यक्रम मुख्यमैत्री वातवरणमैत्री नमूना कृषि गाउँ कार्यक्रमले कृषिमा क्रान्ती हुन थालेको स्पष्ट झल्को देखिन्छ

शुक्रवार कृषि ज्ञान केन्द्रको टोली अनुगमनका लागि यो गाउँमा पुगेको थियो सबैजसो किसानहरु मलमुत्र संकलन गर्ने खाडल खन्दै थिए केहि टनेल बनाउन ब्यस्त थिए कोहि बारीमा फलेका तरकारी टिपेर संकलन गर्दै थिए अघिल्लो वर्ष देखि शुरु भएको कार्यक्रमले कस्तो नतिजा देखाउँदै गईरहेको अव कसरी पूर्वाधार निर्माण गर्ने भन्ने सुझाव दिन अनुगमनमा गएको कृषि ज्ञान केन्द्रका प्रमुख बासुदेव रेग्मीले बताए

अनगमनका क्रममा किसानहरु यो कार्यक्रम प्रति निकै आकर्षित भएको आफुले बुझेको रेग्मीले बताए उनले यो कार्यक्रम प्रदेश सरकारले परम्परागत कृषि प्रणाली अनुसार नभई बिशिष्टिकृत रुपमा सञ्चालन होस भन्ने चाहेकाले नाम जस्तै काम पनि नमूना होस भन्ने चाहना रहेको किसानहरुलाई सुझाव दिएका छन् सरकारले गरेको लगानी खेर जान नदिन साच्चिकै नमूना काम गरेर देखाउन पनि रेग्मीले अनुरोध गरे नमूना गाउँ कार्यक्रममा समाबेश भएका घरधुरीका कृषक सहित जनप्रतिनिधीलाई पनि सरकारले सोचे अनुसार नमूना गाउँ कार्यक्रमलाई प्रभावकारी बनाउन उनले सुझाव दिए अहिले कोरोनाको महामारीले बिदेश गएका प्राय यूवा गाउँ फर्किँदैछन्, अव बाँझो जमिन पनि खनजोत गरौँ बिदेश जाने भन्दा यहिँ रमाउने कुरा सोचौँ पैसाले केहि हुँदोरहेनछ उत्पादन गर्ने कुरा ठूलो कुरा रहेछ कोरोनाले पनि नचेतेका लाई अब अरु कुराले चेत्दैन उनले भने,‘ त्यसैले अव देशमै रमाउने कमाउने कुरालाई महत्व दिउँ

पहिलो वर्ष खासै वास्ता नगरेका किसानहरु यो वर्ष भने कार्यक्रममा समाहित हुन हानथाप गर्न थालेका पार्वती नमूना गाउँ कृषि सहकारी संस्थाका अध्यक्ष शंकर रिजाललले जानकारी दिए तरकारी उत्पादनमा नमूना अभ्यास, भकारो सुधार, प्राविधिक परामर्श, मल, वीउ, विषादी बजारीकरणमा पनि सरकारले सहयोग गर्ने भएपछि किसानहरुको आकर्षण बढेको देखिन्छ गतवर्ष धेरैले सफल हुन्छ भनेर पत्याएका थिएनन, रिजालले भने,‘ यो वर्ष हामीलाई पनि समाबेश गरिदिन ¥यो भन्ने माग गर्ने बढेका छन् तर, सरकारको कार्यविधिले तोकेभन्दा बढि परिवार समाबेश गर्न सकिन्न रिजालले थपे,‘ नामको मात्रै हैन नतिजामै पाङलाई कृषिमा नमूना बनाउँछौँ उनले त्यसका लागि सरकारको साथ हौसलाको खाँचो रहेको बताएका छन्  

किसानहरुलाई उत्पादनमा जोड्ने आर्थिक उपार्जन बढाउने कार्यक्रमको उदेश्य तरकारी किनेर खाने हाम्रा गाउँका दाजुभाईहरुले पोहोर देखि डेढ लाख एक वर्षमै कमाए, रिजालले भने,‘ यो वर्ष लौ हाम्रो परिवार लाई पनि कार्यक्रममा समेट्न ¥यो भनेर हैरान हामी संग यो वर्ष थप्ने कोटा छैन त्यहि पनि कसरी व्यवस्थापन गर्ने भनेर परामर्श गरिरहेका छौँ   कोरोनाका कारण बैदेशिक रोजगारी सहित अन्य पेशा धरासायी हुँदै गएको तर कृषि पेशा भने प्रभावित भएको छैन त्यसैले यो वर्ष कार्यक्रममा समाबेश हुन चाहने बढेका कृषकहरुले बताए कृषि ज्ञान केन्द्रले गरेको स्थलगत रुपमा अनुगमनमा कार्यालय प्रमुख बासुदेव रेग्मी, मोदी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पौडेल, पाङका वडाध्यक्ष देबेन्द्रप्रसाद सुबेदी, स्थानीय कृषि प्राविधिक अस्मिता पौडेल सहितको टोली थियो यहाँ ३५ परिवारले टनेल निर्माण गरिरहेका २८ घरमा भकारो सुधार गर्ने चटारो रहेको कृषि प्राविधिक अस्मिता पौडेलले जानकारी दिईन अनुगमन टोली संग स्थानीय कृषकहरुले बाँसको सट्टा टनेलमा फलामको डण्डी राखेर छानो छाउने प्रस्ताव राखेका थिए कृषकहरुको आग्रह अनुसार उनीहरुले नै खर्च व्यहोर्ने गरि बाँसको भन्दा फलामकै छाने राख्ने गरि कार्यविधि परिवर्तन गर्न सुझाव दिईएको प्राविधिक पौडेलले बताईन्

मुख्यमन्त्री वातावरणमैत्री नमूना गाउँले किसानहरुलाई कृषि तर्फ आकर्षित गर्ने मात्रै नभई बिशिष्टकृत रुपमा बाली लगाउने अभ्यास बढेको वडाध्यक्ष देबेन्द्रप्रसाद सुबेदीले बताएका छन् उनले परम्परागत वाली लगाउने वाहेक किसानहरुले अरु विधिबारे पत्तो नपाएको अवस्थामा यो कार्यक्रम आएपछि कृषिमा क्रान्ती आउने अपेक्षा रहेको बताएका छन् पाङको सबै क्षेत्र उव्जाउ रहेको हुनाले यो कार्यक्रमको क्षेत्रफल बिस्तार गर्न आवश्यक रहेको सुबेदीको भनाई अहिले सडक सहज हुँदा वागलुङ जाने पुल बनेकाले पाङ तरकारी उत्पादनको हव बन्न सक्ने भएकाले कुश्मा नगरपालिकाले पनि आगामी वर्षको बजेटमा कृषिलाई प्राथमिकता दिने सुबेदीले बताएका छन् उनले पाङमा यो कार्यक्रम संगै तरकारी व्लक पकेटका कार्यक्रम पनि बिस्तार गर्न कृषि ज्ञान केन्द्र समक्ष अनुरोध गर्नुभएको थियो पाङमा गतवर्ष देखि कार्यक्रम शुरु भएको हो

यो वर्ष मोदी गाउँपालिका राम्जादेउरालीमा पनि मूख्यमन्त्री वातावरणमैत्री नमूना गाउँ कार्यक्रम कार्यान्वयन भएको राम्जादेउरालीमा ८७ घरधुरी कार्यक्रममा आवद्ध भएका छन् उनीहरुले राम्जा ठूलीपोखरी कृषि सहकारी संस्था सञ्चालन गरिसकेका छन् सबैको घरमा भकारो सुधार गर्न टनेल निर्माण गर्न शुरु भैसकेको कार्यक्रमका संयोजक डण्डराज शर्माले जानकारी दिए मोदी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पौडेलले राम्जादेउरालीमा धमाधम पूर्वाधार निर्माणको काम चलिरहेको बताएका छन् पौडेलले पाङमा भएको अभ्यासको सिको गर्न स्थलगत अनुगमनमा सहभागी भएको बताए उनले दुबै स्थानका कृषकहरुले अनुभव सीप आदान प्रदान गरि उत्पादनमा लाग्न सके थप फाईदा हुने सुनाए राम्जादेउरालीमा कार्यक्रम कार्यान्वयनका लागि चालु वर्ष २५ लाख रुपैयाँ जनश्रमदान समेत गरि २९ लाख रुपैयाँ लगानी हुँदैछ पाङमा गतवर्ष सरकारको २५ लाख स्थानीय श्रमदान गरि २९ लाख रुपैयाँ बजेट रहेको थियो भने यो वर्ष १५ लाख रुपैयाँ बजेट रहेको

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)