Correspondent, ParbatNepal
5 years ago
1280
जेठ १०, पर्वत । देशव्यापी रुपमा कोभिड १९९कोरोना भाइरस० को महामारी बढ्न थालेपछि पनि कोरोना नियन्त्रणका लागि नयाँ सुरक्षा रणनीति अपनाउन थालिएको छ । देशव्यापी रुपमा संक्रमितको संख्या बढ्न थालेको तथा भारत लगायत तेस्रो मुलुकबाट समेत जिल्लाबासी फिर्ता आउने संभावनालाई मध्यनगर राखेर नयाँ सुरक्षा रणनिती अबलम्बन गर्न थालिएको हो । जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला कमाण्ड पोष्ट तथा सुृरक्षा समितिका बैठकले नाकाबाट जिल्ला प्रबेश गर्नेहरुको चेकजाँचलाई कडाई गर्ने रणनिती लिएको छ भने भारत र तेस्रो मुलुकबाट आउनेलाई एकद्वार नितीका आधारमा जिल्लामा भित्र्याउने निती लिएको छ ।
पर्वत जिल्ला मात्रै नभई पुरानो धौलागिरी अञ्चलको प्रमुख नाका रहेको डिमुवा, कार्किनेटा , हुवास तथा पुरानो तेल बोक्न बटौली जाने मार्ग भएकाले सेतीबेणी, पुर्तिघाट लगायतका नाकाहरुमा सुरक्षा ब्यबस्था सुदृढ गरिएको छ । जिल्लामा रहेका नेपाल प्रहरीका प्रहरी चौकीहरुमा आवश्यकता र मागका आधारमा थप सुरक्षा बल पठाइएको छ । कार्किनेटामा शसस्त्र प्रहरी बल समेत राखिएको छ भने बिहादी गाउँपालिका र इप्रका हुवासमा नेपाल प्रहरीको थप सुरक्षाबल पठाइएको ।
जिल्लाका ग्रामीण क्षेत्रमा विदेशबाट फर्कनेहरु लुकीछिपी पस्ने र कोरोना परिक्षण नगराउने सम्भावना हुँदा संक्रमण फैलन नदिन नाकामा नै रोक्ने र चेकजाँचमा कडाई गर्ने रणनिती लिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डिएसपी श्यामु अर्यालले बताउनुभयो ।‘नाकामा नै कडाई गरेपछि थप ब्यक्ति भित्रन पाउँदैनन’ उहाँले भन्नुभयो ‘लुकिछीपी प्रबेश गर्नेलाई पनि समुदायको सहयोगमा नियन्त्रणमा लिएर क्वारेन्टाईनमा नै राख्छौ’ बजार क्षेत्रहरुमा गस्ती बढाउने र बिना पास तथा अत्याबश्यक काम बिना चलाउने सवारी साधनहरुलाई सृुरक्षित हिसाबले चेकजाँच गर्ने र नियन्त्रणमा लिने क्रम रहेको उहाँको भनाई छ ।
पछिल्ला दिनमा रातको समयमा ट्रक लगायतका सवारी साधनबाट सुरक्षाकर्मीलाई छलेर जिल्ला प्रबेश गर्ने क्रम बढेको गुनासो आउने गरेको छ । पैयु र बिहादी गाउँपालिकाका पुराना पैदल मार्गबाट पनि भारतबाट लुकेर आउनेहरु प्रबेश गरेको र घरमा लुकिछिपी बस्ने गरेको सुचना आउन थालेका छन ।भारतमा लकडाउन खोकुलो भएपछि धेरै मानिस जिल्ला भित्रन सक्ने देखिएको छ । अर्को तर्फ सिमानामा भारत तर्फ क्वारेन्टाईनमा बसेकाहरुलाई पनि नेपाल प्रबेश गरेको हुँदा पर्वत जिल्लामा आउने संभावना छ ।
जथाभावी रुपमा भित्र्याउँदा ब्यबस्थापनमा कठिनाई हुने भएकाले सम्बन्धित जिल्लाको नाकाबाट पालिका सम्म नै एकद्वार नितिका आधारमा जिल्ला ल्याउने रणनिती बनाइएको प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले बताउनुभयो ।
