Author
ParbatNepal
Correspondent, ParbatNepal
5 years ago
1167
देशका केही ठाउँमा आज मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने
जेठ ८, पर्वत । आज दिउँसोपछि देशका केही ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् ।
बंगलादेश आसपास रहेको न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभावले दिउँसोपछि देशका केही ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने संभावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङगले जानकारी दिनुभयो ।
उहाँका अनुसार हिजो पूर्व र मध्य क्षेत्रमा पानी पारेको अंपुन चक्रवातको प्रभाव अहिले कमजोर भएर न्यूनचापीय प्रणाली बनेको छ । अहिले बदली भएको ठाउँको मौसम विस्तारै खुले पनि यही प्रणाली र स्थानीय वायुको प्रभावले आज पूर्वका थोरै तथा मध्य र पश्चिमी पहाडका एकदुई ठाउँमा दिउँसोपछि पानी पर्ने सम्भावना छ । यसैबीच पानी पर्न कम भएसँगै गर्मी बढ्न थालेको छ ।
सम्बन्धित समाचार (जिल्ला )
Kokhe Danda Trek
2315
सम्बन्धित समाचार ( मुख्य खबर)
