Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

5 years ago

2595




हुवास स्वास्थ्य चौकीलाई अन्तराष्ट्रिय पर्वत समाजद्धारा स्वास्थ्य सामग्री सहयोग
हुवास स्वास्थ्य चौकीलाई अन्तराष्ट्रिय पर्वत समाजद्धारा स्वास्थ्य सामग्री सहयोग

जेठ, पर्वत अन्तराष्ट्रिय पर्वत समाजले हुवास स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री सहयोग गरेको कोरोना भाइरस (कोभिड१९) को रोकथाम नियन्त्रणका लागि ५० हजार बरावरको स्वास्थ्य सामग्री सहयोग गरेको हो अन्तराष्ट्रिय पर्वत समाजले थान पीपीई, थान थर्मल गन, थान सेनिटाईजर सँगै सय थान सर्जिकल मास्क सहयोग  गरेको हो पर्वतको सुदुर दक्षिणमा अवस्थित उक्त स्वास्थ्य चौकी दक्षिण क्षेत्रकै ठुलो स्वास्थ्य संस्था हो


अन्तराष्ट्रिय पर्वत समाजका सदस्य एवम् पर्वत वेलफेयर सोसाईटी यूकेका अध्यक्ष नेत्र आलेको समन्वयमा हुवास स्वास्थ्य चौकीलाई सामग्री प्रदान गरिएको हो स्वास्थ्य चौकीमा कोरोना महामारीको बेला पीपीई लगायतका सामग्रीको आवश्यकतालाई मध्येनजर गदै अन्तराष्ट्रिय पर्वत समाजसँग समन्वय गरेर स्वास्थ्य चौकीलाई उक्त सामाग्री उपलव्ध गराउन पहल गरेको आलेले बताउनु भयो साथै उहाँले आफ्नो अनुरोधलाई अन्तराष्ट्रिय पर्वत समाजले सहजरुपमा स्वीकार गरी सामग्री प्रदान गरेकोमा धन्यवाद दिनुभयो पर्वतको पैयु गाउँपालिकामा जन्मिएका आले हाल यूकेमा बस्दै आउनु भएको उहाँ विभिन्न संस्थामा आवद्ध भई सामजिक कार्यमा निकै सक्रिय हुनुहुन्छ ।आलेले यसअघि पनि अन्तराष्ट्रिय पर्वत समाज पर्वत वेलफेयर सोसाईटी यूके मार्फत पर्वतका विभिन्न क्षेत्रमा सामजिक काम गदै आउनु भएको


स्वास्थ्य सामग्री बिहीवार पर्वत अस्पतालका अध्यक्ष गोविन्द पहाडीले गाउँपालिका अध्यक्ष खगेन्द्रप्रसाद तिवारीलाई हस्तान्तरण गर्नुभएको थियो स्वास्थ्य सामग्री आज गाउँपालिका अध्यक्ष खगेन्द्रप्रसाद तिवारी अन्तराष्ट्रिय पर्वतका सदस्य राजु भुर्तेलले संयुक्त रुपमा स्वास्थ्य चौकीलाई हस्तान्तरण गर्नुभएको कार्यक्रममा बोल्दै तिवारीले महामारीको बेला प्रवासमा रहेका पर्वतेलीहरुले पैयु लाई स्वास्थ्य सामग्री प्रदान गरेकोमा धन्यवाद दिनुभयो स्वास्थ्य सामग्रीले विपद्को अवस्थामा जीउ ज्यान नभनी सुरक्षामा अहोरात्र खटिएका स्वास्थ्यकर्मीको हौसला बढ्ने तिवारीले बताउनुभयो अन्तराष्ट्रिय पर्वत समाजले आफ्नो पहिलो एतिहाँसिक अधिवेशन पैयुमा सम्पन्न गरेको स्मरण गदै अध्यक्ष तिवारीले भन्नुभयो,‘ गाउँपालिकाको विकास समृद्धिमा प्रवासीहरुले देखाएको उदारतालाई सँधै आत्मसाथ गदै अगाडी बढ्ने बताउनु भयो ,


 अन्तराष्ट्रिय पर्वत समाजका सदस्य राजु भुर्तेलले कोरोनाको महाव्याधीले विश्व नै आक्रान्त पारेको बेला नागरिकको जिवन रक्षाका लागि अग्रमोर्चामा रहेर सेवा प्रदान गर्ने स्वास्थ्यकमीको सुरक्षार्थ स्वास्थ्य सामग्री प्रदान गरिएको जानकारी दिनुभयो अन्तराष्ट्रिय पर्वत समाज सम्पूर्ण प्रवासीहरुको साझा संस्था भएको बताउँदै आफ्नो खर्च कटाएर जिल्लाको समृद्धिका निम्ती खर्च गदै आएको बताउनुभयो साथै उहाँले उक्त सामग्रीलाई आवश्यकता अनुसार सहि ढंगले उपयोग गर्ने स्वास्थ्य चौकीलाई आग्रह गर्नुभयो


कार्यक्रममा पैयु गाउँपालिकाकी उपाध्याक्ष जसमती गुरुङ, नेकपा एमाले पैयु गाउँपालिका अध्यक्ष चोकलाल न्यौपाने, नेपाली काँग्रेस पैयु गाउँपालिकाका सभापति डम्मरकुमार प्रधान, बजार व्यवस्थापन समिति हुवासका अध्यक्ष कृष्ण श्रेष्ठ, नेकपा पैयुका नेता जयनारायण तिवारी, समाजसेवी गिरीराज गौत्तम, पैयु गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत जितवहादुर राना, स्वास्थ्य संयोजक पैयुका संयोजक पूर्णप्रसाद न्यौपाने, हुवास स्वास्थ्य चौकीका प्रमुख देवीप्रसाद भुर्तेल लगायतको उपस्थिती रहेको थियो


अन्तराष्ट्रिय पर्वत समाजले सामग्री हस्तान्तरणमा सहयोग पु¥याउने अस्पताल विकास समितिका अध्यक्ष गोविन्द गिरी पहाडी लगायत सम्पूर्ण सहयोगदातालाई धन्यवाद व्यक्त गरेको साथै समाजले यसअघि जिल्ला अस्पताल पर्वतलाई २८ थान पीपीई सहित स्वास्थ्य सामग्री वितरण गरेको थियो भने  भारतको दिल्लीमा अलपत्र परेका ४० जना पर्वते नगारिकलाई खाद्यान्न वितरण गरिसकेको समाजले आपत्तकालिन कोष स्थापना गरि लकडाउनको कारण समस्यामा परेका प्रवासी पर्वतेलीहरुलाई  सहयोग गदै आएको


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)