Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

5 years ago

1618




पर्वतमा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना, तीन जना घाइते
पर्वतमा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना, तीन जना घाइते

जेठ ५, पर्वत । पोखरादेखि बागलुङ जाँदै गरेको एम्बुलेन्स सोमबार साँझ पर्वतको कुश्मा नगरपालिका–१ सह्रश्रधारामा दुर्घटना हुँदा ३ जना घाईते भएका छन् ।

पोखरादेखि विरामी ल्याएर बानपा–१२ अमलाचौर जाँदै गरेको अमलाचौर रेडक्रस सोसाईटीको ग २ च ६९०८ नम्बरको एम्बुलेन्स दुर्घटना हुँदा सवारी चालकसहित ३ जना घाईते भएका हुन ।

दुर्घटनामा एम्बुलेन्स चालक वर्ष ३६ का चन्द्रबहादुर विक सहित बानपा–१२ अमलाचौरका ४१ बर्षिया खगेश्वरी शर्मा र २० बर्षिय किशोर शर्मा घाईते भएका छन् । खगेश्वरी शर्मा र किशोर शर्मा पोखरामा उपचार गरी बागलुङ फर्किएको प्रहरीले जनाएको छ ।

उनीहरुको धौलागिरी अस्पताल बागलुङमा उपचार भईरहेको छ ।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)