Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

5 years ago

1253




पर्वत अस्पताललाई ४ लाख भन्दा बढिको स्वास्थ्य सामग्री सहयोग
पर्वत अस्पताललाई ४ लाख भन्दा बढिको स्वास्थ्य सामग्री सहयोग

जेठ , पर्वत जिल्ला अस्पताल पर्वतमा स्वास्थ्य सामग्री सहयोग गरिएको जागृती बाल तथा युवा सरोकार नेपाल क्यानालान स्विटजरल्याण्डको सहयोगमा जिल्ला अस्पतालमा आवश्यक स्वास्थ्य सामग्री सहयोग गरेको हो विश्वभरि फैलिएको कोरोना भाइरस (कोभिड१९) को रोकथाम नियन्त्रणका लागि लाख १५ हजार सय ४८ रुपैयाँ बरावरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो दुई संस्थाले अस्पताललाई ४० थान पीपीई, हजार सय थान सर्जिकल ग्लोब्स , हजार थान टप ग्लोब्स, हजार थान सर्जिकल मास्क ,  सय थान के एन ९५ मास्क , सय बोतल सेनिटाईजर तथा थान थर्मलगन हस्तान्तरण गरेको हो


एक अनौपचारिक कार्यक्रमका विच जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर वि. पौडेलले सामाग्री हस्तान्तरण गर्नुभएको थियो अस्पतालका अध्यक्ष गोविन्द पहाडी तथा मेडिकल सुपरिटेण्डेण्ट डा. शिशिर देवकोटाले ग्रहण गर्नुभएको थियो


ग्रहण पश्चात बोल्दै अध्यक्ष पहाडीले नेपालमा कोरोनाको महामारी प्रारम्भ हुन लागिरहेको समयमा प्राप्त सहयोग अति महत्वपूर्ण बनेको भन्दै यस्तै सहयोगले नै महामारी बाट बच्न बचाउन थप बल पुग्ने बताउनुभयो उहाँले यस अघि पनि बिभिन्न निकायबाट अस्पतालको लागि सहयोग जुटिरहेको भन्दै यो महामारीमा सबैले हातेमालो गर्दै अगाडि बढ्नुपर्ने बेला आउको बताउनुभयो


पहाडीको अनुरोधमा सहयोगी संस्थाका अध्यक्ष तथा मानवअधिकार एलाइन्सका केन्द्रिय सदस्य तिलोत्तम पौडेलले सो सामाग्री ब्यवस्थापन गरि प्रदान गर्नुभएको थियो


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)