Author
ParbatNepal
Correspondent, ParbatNepal
5 years ago
1281
पर्वतमा यौन दुर्व्यवहार गर्ने एक व्यक्ति पक्राउ
बैशाख ४, पर्वत । १२ बर्षिया बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा पर्वतका एक व्यक्ति पक्राउ परेका छन् । जिल्लाको कुश्मा नगरपालिका– ७ खरेहाका ६५ वर्षका रमाकान्त शर्मालाई प्रहरीले पक्राउ गरेको हो ।
पसलमा सामान किन्न गएकी बालिकालाई यौन दुव्र्यबहार गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक विकास थापाले जानकारी दिए । शुक्रवार शर्माकै पसलमा सामान किन्न गएकी बालिकालाई यौन दुव्यबहार गरको भन्दै अभिभावकले प्रहरीमा उजुरी दिएका थिए ।
पीडितहरुको उजुरीपछि शुक्रवार शर्मालाई उनकै निवासवाट पक्राउ गरिएको प्रहरी निरिक्षक थापाले बताए । शर्मालाई नियन्त्रणमा लिई जिल्ला अदालत पर्वतबाट बाल यौन दुरुपयोग मुद्धा शिर्षकमा म्याद थप गरि अनुसन्धन भई रहेको छ ।
सम्बन्धित समाचार (जिल्ला )
Kokhe Danda Trek
2315
सम्बन्धित समाचार ( मुख्य खबर)
