Correspondent, ParbatNepal
5 years ago
1140
जेठ ३, पर्वत । पर्वतको मालढुङगा नजिक छ माझीबस्ती । तल कालीगण्डकी नदि, माथि पहिरो । नदि र पहिरोको चपेटामा छ सकुम्बासी बस्ती । अधिकाँशको घरको छानो टिनका पाता र ढुङगाले अठ्याईएको छ । ९० घरधुरी रहेको उक्त बस्तीका अधिकाँश नागरिकको पेशा बालुवा चाल्ने नै हो । उनीहरु बालुवा चालेर जिविकोपार्जन गर्ने गर्छन् । यति बेला कोरोना भाइरस -कोभिड–१९_ को संक्रमण फैलिएपछि उनीहरुको पेशा संकटमा परेको छ । सवारी साधान गुड्न छोडेपछि उनीहरु काम बिहिन भएका छन् । उनीहरुलाई अहिले काम भन्दा पनि एक गास कसरी जोड्ने भन्ने चिन्ता बढि थियो ।
तर, शनिवार उनीहरुको चिन्तामा यहाँका सामजिक व्यक्तिहरुले मलम लगाउने काम गरेका छन् । कुश्मा नगरपालिका–१ पाङ मालढुङगामा अवस्थित उक्त बस्तीमा कुश्मा नगरपालिका–११ निवासी संजिव चापागाई र कुनपा–४निवासी माधव पौडेलको संयोजनमा ९० परिवारलाई खाद्यान्न वितरण छ । दक्षिण कोरियामा अवस्थित होपसी संस्थाको सहयोगमा उक्त बस्तीका ९० परिवारलाई राहात स्वरुप खाद्यान्न वितरण गरिएको हो ।
विश्वभरि फैलिएको कोरोना भाइरस (कोभिड–१९) को कारण मुलुकमा जारी लकडाउनका कारण समस्यामा परेका नागरिकलाई प्रतिव्यक्ति १÷१ बोरा चामाल वितरण गरिएको संयोजक माधव पौडेलले जानकारी दिनुभयो । कालीगण्डकी नदीको किनारमा बालुवा चालेर तथा बंगुरपालेर जीबिकोपार्जन गदै आएका सुकुम्बासी परिवारलाई राहात स्वरुप खाद्यान्न वितरण गरेको पौडेलले बताउनु भयो । राहात पाएपछि माझी परिवार निके खुशी भएका थिए ।
कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी, उपप्रमुख सिता काफ्ले लामिछाने, कुश्मा नगरपालिका–१ पाङका वडा अध्यक्ष देबेन्द्र सुवेदी, कुनपा –६ का वडा अध्यक्ष रुद्र गिरी, कुनपा–७ का वडा अध्यक्ष सुवासचन्द्र पौडेल र पाङका वडा सदस्य खगेन्द्र सुवेदी, कुश्मा नगरपालिका सूचना प्राविधिक अधिकृत राजिव रिमालको रोहवरमा पीडितहरुलाई खाद्यान्न वितरण गरिएको पौडेलले जानकारी दिनुभयो ।
