Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

5 years ago

1197




गण्डकी प्रदेश प्रहरी प्रमुखद्धारा निरिक्षण : पर्वतमा कोरोना रोकथाममा प्रहरीले देखाएको सक्रियताकोे प्रशंसा
गण्डकी प्रदेश प्रहरी प्रमुखद्धारा निरिक्षण : पर्वतमा कोरोना रोकथाममा प्रहरीले देखाएको सक्रियताकोे प्रशंसा

जेठ , पर्वत गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालले शुक्रवार जिल्ला प्रहरी कार्यालय पर्वतको निरीक्षण गर्नुभएको छ

गण्डकी प्रदेश प्रमुख भएर आएपछि पहिलोपटक जिल्ला प्रहरी कार्यालय पर्वतमा आउनुभएका अर्यालले प्रहरी कर्मचारीहरुलाई व्यवसायीक प्रहरी सेवा प्रवाह लगायत समसामयिक विषयमा निर्देशन दिनुभएको गण्डकी प्रदेश अन्तर्गतका प्रहरी कार्यालयहरुले विश्वव्यापी रुपमा फैलिईरहेको कोरोना भाईरस संक्रमणलाई फैलन नदिन जिल्ला अन्तर्गत गरिरहका विभिन्न गतिविधिहरु, लकडाउनको कार्यान्वयन साथै जिल्लाहरुको वर्तमान अवस्था प्रहरी परिचालनका विषयमा उहाँले जानकारी लिनुभएको थियो

निरीक्षणको क्रममा अर्यालले जिल्लामा कार्यरत प्रहरी कर्मचारीहरु, कार्यालयका विभिन्न शाखाहरु, मेस, ब्यारेक लगायत अन्य स्रोत साधनहरुको समेत निरीक्षण गर्नु भएको प्रहरी नायब उपरिक्षक स्यामु अर्यालले जानकारी दिनुभयो  सो अवसरमा प्रहरी नायव उपरीक्षक स्यामू अर्यालले प्रहरी नायव महानिरीक्षक अर्यालसमक्ष जिल्लाको शान्ति सुरक्षाको वर्तमान अवस्था, अपराधिक अवस्था लगायत कोरोना भाईरसको संक्रमण फैलन नदिन जिल्ला अन्तर्गत प्रहरीले गरिरहेका विविध गतिविधिहरुका बारेमा जानकारी गराउनुभएको थियो

 

प्रदेश प्रमुख प्रहरी नायव महानिरीक्षक अर्यालले संक्रमणको जोखिम नेपालमा पनि बढिरहेकाले आफू सुरक्षित रहि आम नागरिकलाई यसको संक्रमणबाट बचाउन दिएको जिम्मेवारी उच्च सतर्कता संवेदनशिलताका साथ काम गर्न गराउन प्रहरी कर्मचारीलाई निर्देशन दिनुभयो । प्रहरी सेवा प्रवाहका विषयमा बोल्दै अर्यालले प्रहरी सेवा प्रवाह गर्दा जनतालाई नै केन्द्रविन्दुमा राखी जनगुनासोहरुको सम्बोधन गर्दा उच्च सम्मान आचरणयुक्त व्यवहार गर्न समेत आग्रह गर्नुभएको

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)