Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

5 years ago

2367




दिल्लीमा अलपत्र पर्वतेलीलाई अन्तराष्ट्रिय पर्वत समाजद्धारा खाद्यान्न र नगद सहयोग, ‘पीडितले रुँदै राहात समाते’
दिल्लीमा अलपत्र पर्वतेलीलाई अन्तराष्ट्रिय पर्वत समाजद्धारा खाद्यान्न र नगद सहयोग, ‘पीडितले रुँदै राहात समाते’


जेठ , पर्वत प्रवासी पर्वतेलीहरुको साझा संस्था अन्तराष्ट्रिय पर्वत समाजले लकडाउनका कारण भारतको दिल्लीमा अलपत्र परेका पर्वतेलीलाई खाद्यान्न सहित आर्थिक सहयोग गरेको विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड१९) को संक्रमण नियन्त्रण रोकथामका लागि जारी लकडाउनका कारण समस्यामा परेका महिला बच्चाहरु सहित ४० जना पर्वतेलीलाई सहयोग गरेको हो अलपत्र परेका मजदुर पर्वतको कुस्मा नगरपालिका १० पिपलटारीका बासिन्दा हुन् उनीहरुलाई प्रतिव्यक्ति भारु १५ सय बरावरको खाद्यान्न नगद सय रुपैयाँ भारु वितरण गरेको अन्तराष्ट्रिय पर्वत समाजका अध्यक्ष पुरन गिरीले जानकारी दिनुभयो


दिल्लीमा काम गर्दै आएका होटल तथा उद्योगहरू बन्द भएपछि झन्डै ४० दिनदेखि एउटैबिल्डिङ मा थुनिएर बसेको कोहीसँग पनि रासन कार्ड नभएका कारण भारत सरकारले पनि कुनै सुविधा चासो नदिएको कारण उनीहरुले लामो समयदेखी समस्या भोग्दै आएका थिए समस्यामा परेका मजदुरले सरकार संग उद्दारका लागि माग गरेपनि सुनुवाई भएको थिएन दिल्लीमा पर्वतेली नागरिक लकडाउनका कारण अलपत्र परेको खवर अन्तराष्ट्रिय पर्वत समाजमा प्राप्तभए सँगै ८० हजार भारु सहयोग गरिएको अध्यक्ष गिरीले बताउनु भयो


उक्त सहयोग सामग्री बिहिवार (आज) पर्वत आर्थर घर भै दिल्लीमा बस्दै आउनु भएकी समाजसेवी मेरी गुरुङसुश्मा उहाँका श्रीमान अर्जुन गुरुङको सहयोगमा उनीहरुलाई राहात स्वरुप खाद्यान्न नगद वितरण गरिएको   समाजेसेवी मेरीका अनुसार राहात पाएपछि पीडितहरु निकै भावुक भए उनीहरुले सबै सँग सहयोगको याचना गर्दा पनि कुनै निकायवाट वास्ता नभएपछि अन्तराष्ट्रिय पर्वत समाजले दिएको राहात उनीहरुले आँसू झार्द समातेको मेरीले बताउनु भयो उनीहरुको पीडा सँगै आँसू देख्न नसकेर मैले पनि व्यक्तिगत खर्चमा  ४० जनालाई जिरा धनियाँ सहित जना महिलालाई के्ररेट अण्डा सहयोग गरेको उहाँको भनाई पीडितहरु सँग अन्तराष्ट्रिय पर्वत समाजका मध्यपूर्व संयोजक कमल लामिछानेले समन्वय गर्नुभएको थियो


राहात पाएपछि पीडितहरुले खुशी व्यक्त गरेका छन् हामी गाँस बासको अवस्थामा पुग्नै लागेका थियौँ, सबैको अवस्था हरेक दिन दर्दनाक बन्दै गइरहेको थियो, सोही समूहका नवीन कुमारले भन्नुभयो,‘अधिकाँशले बषौँदेखि होटल तथा रेष्टुरेन्टहरुमा काम गदै आएका थियौँ भने केहीले बिद्युतीय सामग्रीहरु बिक्रि गर्ने पसलमा हेल्परको काम गदै आएका थियौँ,विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण भारत सरकारले लकडाउन गरेकाले हामी बेरोजगार भएका थियौँ हामीले गरेको अनुरोध हाम्रा अवस्थाप्रति सहानुभूति प्रकट गदै अन्तराष्ट्रिय पर्वत समाजले गरेको सहयोग प्रति अत्यन्तै आभारी छौँ,कुमारले भन्नुभयो


समाजले यस पुण्य कार्यमा साथ दिनुहुने सम्पुर्ण सहयोगीमनहरु सँगै हाम्रो अनुरोधलाई स्विकार्दै हस्तान्तरणमा समन्वय गरिदिनु भएकोमा पर्वत आर्थर घर भै दिल्लीमा बस्दै आउनु भएकी समाजसेवी मेरी गुरुङसुश्मा अर्जुन गुरुङलाई धन्यवाद सहित आभार व्यक्त गरेको

अन्तराष्ट्रिय समाज पर्वतले समाजले दिल्लीमा अलपत्र परेका नेपालीहरुको दुःखमा मलम लगाउने काम गरेको छ । समाजले सबैलाई सहयोग गर्न नसकेपनि कोरोनाका कारण स्थिती विकराल बन्दै गएको अवस्थामा  अप्ठ्यारोमा परेका नेपाल भन्दा बाहिर रहेका पर्वतेली नागरिकको समस्या समाधानका लागि तत्काल उचित पहल गर्न स्थानीय निकाय, निर्वाचित प्रतिनिधि लाई अनुरोध गरेको छ । 



विश्वभरि फैलिउको कोरोना भाइरसको जोखिमलाई मध्येनजर गदै अन्तराष्ट्रिय पर्वत समाजले आपतकालिन राहात कोष स्थापना गरेको कोष मार्फत कोरोनाका कारण अप्ठ्यारोमा परेको प्रवासी पर्वतेलीहरुलाई सहयोग गदै आएको समाजले केही दिन अगाडी जिल्ला अस्पताल पर्वतलाई समेत ३२ थान पीपीई लगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरिसकेको





सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)