Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1181




नेपाल लाइफ इन्स्योरेन्सद्धारा ७ लाख ३० हजारको मृत्यु दाबी भुक्तानी
नेपाल लाइफ इन्स्योरेन्सद्धारा ७ लाख ३० हजारको मृत्यु दाबी भुक्तानी

बैशाख ३०, पर्वत नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड कुश्मा उपशाखाले मृत्यु दाबी भुक्तानी गरेको कम्पनीले हृदयघात भै मृत्यु भएका कुश्मा नगरपालिका ज्ञादि निवासी स्वर्गिय कृष्ण तिवारीको परिवारलाई एकमुष्ट सात लाख तीस हजार पाँच सय उनन्तीस रुपैयाँ दाबी भुक्तानी गरेको हो कम्पनीले आज एक कार्यक्रमका बिच बिमितको स्थाई घर रहेको स्थान कुश्मा नगरपालिका ज्ञादि निजकै घरदैलोमा गई बिमित मृतक तिवारिको परिवारलाइ सो दाबी भुक्तानी गरेको हो मृतक तिवारीले नेपाल लाईफमा गत बर्ष पहिले लाख २५ हजार लाख १० हजार बिमान्कका दुई बिमा गरेका थिए

 

सो अवसरमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड कुश्मा उपशाखा प्रबन्धक ज्ञानु कुवरले बर्तमान परिवेशमा जीवन बिमा अनिवार्य भएकोले बीमा गरी आर्थिक जोखिमबाट सुरक्षित हुन अपिल गरेका थिए उनले उपस्थित स्थानीयलाई जीवन बिमाको बारेमा प्रष्ट समेत पारे कुनपा का  वार्डअध्यक्ष कृष्ण शर्मा लामिछाने ले मुलुकको अहिलेको जटिल अवस्थामा पनि मृत्यु दाबी भुक्तानी गरि सहयोग गर्नुभएकोमा कम्पनिको प्रशंसा गर्दै कम्पनिलाइ धन्यवाद ब्यक्त गरेका थिए

 

सो कार्यक्रममा नेपाल लाईफ इन्स्योरेन्स कुश्मा उपशाखाका  प्रबन्धक ज्ञानु कुवर , समाजसेवी राम शर्मा पौडेल, पेशागत बिमा अभिकर्ता संघ बाग्लुङ अध्यक्ष रामशरण पोखरेल, सिनियर एजेन्सी म्यानेजर घनश्याम रिजाल, समाजसेवी तारा रिजाल, चिरञ्जीवी रिजाल, आइबल एकेडेमी ग्यादीका प्रिन्सिपल बिमल पौडेल, मृतकका आफन्त, जनप्रतिनिधी तथा सर्बसाधारणको बाक्लो उपस्थिति रहेको थियो उक्त कार्यक्रममा नेपाल लाइफका कुश्मा उपशाखा प्रबन्धक ज्ञानु कुवर, कुश्मा नगरपालिका वार्ड नम्बर का अध्यक्ष  उपस्थित नेपाल लाइफ इन्स्योरेन्सका कर्मचारीहरुले ईच्छाईएका ब्यक्तिहरु मृतकका छोराहरुलाई दाबी रकम बापतको चेक हस्तान्तरण गरेका थिए कार्यक्रमको संचालन अभिकर्ता दिनेश तिवारिले गरेका थिए

 

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)