Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1955




भारतसँग सधैँ बाझेर सकिँदैन, सीमामा पर्खाल बनाउने हो भने सबै पारिश्रमिक दिन्छु – सांसद गिरी
भारतसँग सधैँ बाझेर सकिँदैन, सीमामा पर्खाल बनाउने हो भने सबै पारिश्रमिक दिन्छु – सांसद गिरी

बैशाख ३०, पर्वत नेकपा सांसद पदम गिरीले सीमा विवाद समाधानका लागि भारत तयार नभएमा नेपालले यो मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने बताएका छन् । मंगलबार बसिरहेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद गिरीले सीमा विवाद सुल्झाउन भारत तयार नभए अन्तर्राष्ट्रियकरण गरेर भए पनि नेपालले समस्या समाधान गर्नुपर्ने बताएका हुन्


सांसद गिरीले भारतले नेपाली सीमा नजिकै नक्कली तिलौराकोट निर्माण गरेर विश्वलाई भ्रममा राखेको पनि बताए त्यस्तै सीमामा बाँध बाँधेर नेपाललाई ड्बानमा पार्ने गरेकाले यो समस्या छिटो समाधान गर्नुपर्ने उनको सुझाव थियो नेपालले पर्खाल लगाएर सीमा सुरक्षा गर्नुपर्ने बताए


सीमामा पर्खाल लगाउनका लागि सरकार अगाडि बढोस् त्यसका लागि नेपालीले छाक काटेर सरकारलाई दिन तयार छन् पनि सांसदबापत प्राप्त हुने पारिश्रमिक सबै दिन तयार छु, सांसद गिरीले भने । भारतले दार्चुलाको लिपुलेक हुँदै तिब्बतको मानसरोवर जोड्ने सडक बनाएसँगै नेपालमा सडकदेखि सदनसम्म त्यसको चर्को विरोध भइरहेको


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)