Author
ParbatNepal
Correspondent, ParbatNepal
6 years ago
1479
एनआरएन बेल्जियमका उपाध्याक्ष खड्कवहादुर केसीको पलहमा करिब १३ लाख सहयोग प्राप्त
बैशाख ३०, पर्वत । बेल्जियमको सरकारी निकायवाट इतिहाँसमा पहिलो पटक गैरआवासीय नेपाली संघलाई आर्थिक सहयोग गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणले श्रीजित परिस्थितीलाई मध्येनजर गदै गैर आवसिय नेपाली संघ बेल्जीयमको राहात कोषमा १० हजार यूरो अर्थात करिव नेपाली १३ लाख रुपैयाँ सहयोग प्राप्त भएको छ । गैरआवासीय नेपाली संघ बेल्जियमका उपाध्याक्ष एवम् सामजिक अभियान्त खड्कवहादुर केसीको पहलमा रकम प्राप्त भएको हो । स्थानीय राजनितिमा सक्रिय केसीको विशेष पहलमा रकम प्राप्त भएको जानकारहरु बताउँछन् ।
पर्वत नेपाल अनलाईन सँग कुराकानी गदै गैरआवासीय नेपाली संघ बेल्जियमका उपाध्याक्ष खड्कवहादुर केसीले कोरोना कारण बेल्जियमको आर्थिक अवस्था संकटग्रस्त भएको अवस्थामा इतिहासमा पहिलो पटक बेल्जियमको सरकारी निकायवाट यतिठुलो रकम सहयोग गर्नु प्रवासी नेपालीका लागि खुशीको कुरा भएको प्रतिक्रिया दिनुभयो । उक्त रकम लकडाउनका कारण पीडित बनेका प्रवासी नेपालीको लागि खर्च गरिने उहाँको भनाई छ । ‘यो रकम एउटा उदाहरण मात्र हो । हामी एक भएर काम गर्ने हो भने, यो भन्दा ठुलो रकम प्राप्त गर्न सकिने छ,उपाध्याक्ष केसीले भन्नेभयो,‘हामीसँग प्राप्त मात्रामा रकम भएमा देश र समाजको लागि धेरै ठुला काम गर्न सक्छौँ भन्नेमा विश्वास छ ।,’
कोरोना भाइरसको संक्रमण फैलिएपछि बेल्जियममा आर्थिक अभावका कारण समस्यामा परेका प्रवासी तथा अप्रवासी नेपालीहरुलाई एनआरएन बेल्जियमले सहयोग गदै आएको उहाँको भनाई छ । ‘हामीले व्यक्तिगत रुपमा रकम संकलन गरेर राहात कोष स्थापना गरेका थियौँ । केही रकम बेल्जियम सरकार सँग माग गर्ने निर्णय ग¥यौँ । हामीले बेल्जियम सरकारलाई प्रशस्त मात्रामा कर तिरेका छौँ । त्यसैले सबै कागजपत्र बुझाएर सहयोग लिन सक्षम भयौँ,’ उपाध्याक्ष केसीले भन्नुभयो ।
गैरआवासीय नेपाली संघ बेल्जियमले लकडाउनका कारण अप्ठ्यारोमा परेका प्रवासी तथा अप्रवासी नेपालीहरुलाई सहयोग गर्ने जनाएको छ । एनआरएन बेल्जियमले यस अघिपनि गैरआवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय समितीका समन्वय समितिका सह–कोषाध्याक्ष लोक दाहालको सौजन्यमा मास्क वितरण गरेको थियो भने दोस्रो चरणमा राहात सामग्री वितरण गरिसकेको छ । साथै गैरआवासिय नेपाली संघ बेल्जियमले संघका. आईसीसीको कोरोना राहात कोषमा ४ लाख रुपैयाँ सहयोग गरिसकेको छ ।
पर्वतको जलजला गाउँपालिका–८ नाग्लिवाङमा जन्मिनु भएका केसी एनआरएनए बेल्जियमको उपाध्याक्ष हुनुहुन्छ भने गत हप्ता आईसीसी ट्याक्सफोर्स मनोनयन हुनुभएको थियो भने अन्तराष्ट्रीय पर्बत समाजको सल्लाहकार समेत हुनुन्छ । प्रवासमा रहेका विभिन्न सामजिक संघसंस्थामा आवद्ध केसीले आफ्नो जन्मस्थान जलजला नाग्लिवाङलाई लकडाउनका कारण समस्यामा परेका गरिव तथा मजदुरको सहगार्थ २५ हजार रुपैयाँ प्रदान गर्नुभएको थियो । सफल व्यावसायिक तथा सामजिक अभियान्त केसी स्वच्छ छवी भएको व्यतित्वको रुपमा परिचित केसी पर्वत जिल्लामा पनि विभिन्न सामजिक एवम् रचनात्मक काम गदै आउनुभएको छ ।

सम्बन्धित समाचार (जिल्ला )
Kokhe Danda Trek
2315
सम्बन्धित समाचार ( मुख्य खबर)