Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1482




पर्वतमा लक–डाउन खुकुलो बन्दै, यि सवारीलाई पास नचाहिने
पर्वतमा लक–डाउन खुकुलो बन्दै, यि सवारीलाई पास नचाहिने

बैशाख २९, पर्वत । जिल्ला प्रशासन कार्यालय पर्वतले एक सुचना जारी गर्दै जारी लक डाउनलाई केहि खुकुलो बनाएको जनाएको छ । प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालद्धारा जारी सुचनामा लक डाउन कायमै रहे पनि अत्यावश्यक सेवाका विभिन्न कामहरु सञ्चालन गर्न भने लक डाउन खुकुलो बनाइएको जनाइएको छ ।


कृषि तथा पशुपक्षीजन्य सेवा तथा सामाग्री, स्वास्थ्य सम्बन्धि सामाग्री, पुस्तक पसलहरु पखाख्न्न फलफुल, तरकारी, पानी, दुध, ग्यास र पेट्रोलियम पदार्थ, औगाधिक कच्च पर्दाहरु तथा मालवस्त विकास आयोजनाका उपकर तथा निर्माण सामाग्री बोकेका सवारी साधनहरु सञ्चालनमा आउन पाउने भएका छन ।


यसैगरी निर्माणजन्य सामग्रीको ढुवानी, बैंकिङ सेवा सञ्चालन, कृषिजन्य वस्तु उत्पादन र विक्रिवितरण गर्नलाई छुट दिइएको छ । यस्तो प्रयोजननका लागि सञ्चालन हुने सवारी साधनलाई पास नचाहिने भएको छ । आवश्यक कागजापत्रहरु लिएर सवारी सञ्चालन गर्न सकिने जिल्ला प्रशासन कार्यालय पर्वतको सुचनामा उल्लेख गरिएको छ ।


सरकारी कार्यालय र सार्वजनिक संस्थाहरुमा भने एक चौथाई कर्मचारी उपस्थित हुने गरी नियमित कार्य सञ्चालन गर्नुपर्नेछ । सवारी साधन मर्मत गर्ने वर्क सप, इलेक्ट्रोनिक्स पसलहरु, प्लबिङ र पेट्रोल पनि पनि सशर्त खुल्ला हुनेछन । उनीहरुले ५ जना नबढने गरी कामदार वा कर्मचारी प्रयोग गर्नुपर्नेछ ।


सञ्चारकर्मी पत्रकारले पत्रकार परिचयपत्रका आधारमा सवारी साधन प्रयोग गर्न पाउने जिल्ला प्रशासन कार्यालय पर्वतले जनाएको छ । अन्य सवारी साधनले भने प्रयोग हुुने प्रयोजनको लागि कागजात लिएर हिडनुपर्नेछ । सुरक्षाकर्मीलाई आवश्यकताका आधारमा ति कागजातहरु देखाउनुपर्ने प्रशासन कार्यालयले उल्लेख गरेको छ ।


लक डाउनको अवधिमा शैक्षिक संस्थाहरु, गैर खाद्यवस्तु विक्री गर्ने व्यवसायिक मल, सिनेमा घर, धार्मिक स्थल, होटल बार तथा रेष्टुरेण्ट, सैलुन लगायत अन्य मान्छेहरुको बढी भीड हुने क्षेत्रहरु अर्को सूचना जारी नभएका सम्मका लागि भने बन्द हुनेछन ।


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)