Correspondent, ParbatNepal
6 years ago
1242
बैशाख २९, पर्वत । पर्वतका रेडियोहरुले एसईइ लक्षित पठनपाठन शुरु गरेका छन् । कुश्मा नगरपालिकाको सहकार्यमा रेडियो शालिग्राम, रेडियो कुशुम र पञ्चासे एफएमले कक्षा सञ्चालन गरेका हुन् । एसईइको तयारीमा रहेका विद्यार्थीलाई एकान्तबासमै बसेर पढ्न सजिलो होस भनेर रेडियोले पढाउन शुरु गरेको जनाएका छन् ।
प्रत्येक दिन अलगअलग समयमा दुई दुई शिक्षकहरु मार्फत रेडियोले पढाउन शुरु गरेका छन् । प्रविधिको सदुपयोग मार्फत विद्यार्थीहरुको सिकाइमा सहयोग पु¥याउन सन्चालन गरिएको रेडियो ट्युसन कार्यक्रम अन्तरगत हप्तामा दुई दिन विषयगत रुपमा प्रश्नोत्तर कार्यक्रम सन्चालन गरिने जनाईएको छ ।
प्रश्नोत्तर कार्यक्रममा विद्यार्थीहरुले विषयगत शिक्षकलाइ आफुले नवुझेका र नजानेका प्रश्नहरु सोध्न सक्ने छन् भने शिक्षकले रेडियो वाटै जवाफ दिनु पर्ने व्यवस्था पनि गरिएको शिक्षा शाखा अधिकृत राजेन्द्रबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।
