Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1566




गण्डकी प्रदेशको अनुगमन : पर्वत उत्कृष्ट म्याग्दी मापदण्ड विपरीत
गण्डकी प्रदेशको अनुगमन : पर्वत  उत्कृष्ट म्याग्दी मापदण्ड विपरीत

बैशाख २७, पर्वत । उपभोक्ता मञ्च गण्डकी प्रदेशले लकडाउनको समयमा प्रदेशका विभिन्न बजार अनुगमन गरेको छ । अनुगमनका क्रममा प्रदेशभरिमै पर्वतको बजार उत्कृष्ट देखिएको र म्याग्दीको बेनी बजार मापदण्डविपरीत पाइएको मञ्चका प्रदेश अध्यक्ष कपिलनाथ कोइरालाले जानकारी दिए ।

 

‘प्रदेशका ९ वटा जिल्लाका बजार घुम्दा पर्वतको बजार सबैभन्दा राम्रो देखियो । पर्वतको बजार पोखराभन्दा व्यवस्थित चलेको पाइयो,’ कोइरालाले भने, ‘म्याग्दीको बेनीबजार भने डामाडोल र अव्यवस्थित छ । उनले बेनी बजारका प्रायः पसलमा कुनैमा मिति गुज्रिसकेको त कुनैमा मिति नै उल्लेख नभएको पाइएको बताए ।

 

अन्य ठाउँमा वस्तु पसलसम्म पुग्दा म्याद गुज्रेको पाइए पनि बेनीको बजारमा मुख्य गोदाममै मापदण्ड विपरीत सामान पाइएको कोइरालाले बताए । ‘मुख्य गोदाममै सामानहरु मापदण्डविपरीत पाइनु चिन्ताको विषय हो । त्यहाँका उपभोक्ता नै सचेत हुने बेला आएको छ,’ उनले भने । कोरोना लकडाउनका कारण अहिले सामानको गुणस्तरताभन्दा पनि सहज प्राप्ति भएकाले व्यवसायीले मनोमानी गरेको कोइरालाले बताए ।

 

‘बजारका सामान गुणस्तर कसरी व्यवस्थित राख्ने भन्नेमा प्रशासनको मात्रै नभएर स्थानीय जनप्रतिनिधिको पनि भूमिका हुन्छ,’ उनले भने, ‘तर, बेनीमा स्थानीय जनप्रतिनिधिले पनि बेवास्ता गरेको पाइयो । मापदण्डविपरीत पाइएका पसल कारबाहीका लागि स्थानीय प्रशासन र जिल्ला अनुमगन समितिलाई आग्रह गरिसकेको कोइरालाले बताए ।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)