Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1165




प्रगतिशिल इन्जिनियरिङद्धारा जिल्ला अस्पतालमा खुट्टावाट संचालन गर्न मिल्ने धारा जडान
प्रगतिशिल इन्जिनियरिङद्धारा जिल्ला अस्पतालमा खुट्टावाट संचालन गर्न मिल्ने धारा जडान

बैशाख २७, पर्वत । पर्वत जिल्ला अस्पतालमा खुट्टावाट संचालन गर्न सकिने धारा स्थापना गरिएको छ । प्रगतिशिल इन्जिनियरिङ एशोसिएसन नेपाल पर्वत जिल्ला कमिटि र नेपाल इन्जिनियर्स एशोसिएसन गण्डकी प्रदेशको संयुक्त लगानीमा पर्वत जिल्ला अस्पतालमा हातामा उक्त प्रणालीको धारा जडान गरेर संचालन गरिएको हो ।

 

नोबेल कोरोना भाईरसको बढ्दो संक्रमणलाई न्यूनिकरण गर्नका लागि एउटा खुट्टा छुँदा स्यानिटाईजर र अर्को खुट्टाले छुँदा पानी आउने प्रणाली जडान गरिएको प्रगतिशिल इन्जिनियरिङ एशोसिएसन नेपाल पर्वतका सचिब सम्राट पौडेलले जानकारी दिनुभयो । उक्त धाराको शुक्रवार जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर बी पौडेलले शुभारम्भ गर्नुभएको छ ।

 

कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडी, पर्वत अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. शिशिर देवकोटा लगायतको पनि सहभागिता रहेको थियो । कार्यक्रम प्रगतिशिल इन्जिनियर्स एशोसिएसन गण्डकीका सदस्य निशान केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिब सम्राट पौडेलले गर्नुभएको थियो ।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)