Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1174




मध्यपहाडी लोकमार्ग निर्माण अन्तर्गत पर्वत खण्डमा पुन : सुचारु
मध्यपहाडी लोकमार्ग निर्माण अन्तर्गत पर्वत खण्डमा पुन : सुचारु

बैशाख २४, पर्वत । पर्वत,बागलुङ, रुकुम पश्चिम — मध्यपहाडी लोकमार्ग आयोजनाको पर्वत खण्ड विस्तारको काम करिब डेढ महिनापछि पुनस् सुरु भएको छ । चैत ९ यता रोकिएको काम गत मंगलबारदेखि सुरु भएको आयोजना कार्यालयले जनाएको छ । लकडाउन लम्बिँदै गएपछि त्यसको असर थेग्न नसकेर लोकमार्गको काम अघि बढाइएको कार्यालयको भनाइ छ ।

 

 

करिब ७५ जना कामदार लगाएर काम अघि बढाइएको हो । लकडाउनका कारण घर जान नसकेका मजदुर परिचालन गरेर कुस्मा र आसपासको क्षेत्रमा काम अघि बढाइएको कार्यालयका प्रमुख आशिष थापामगरले बताए । काममा शारीरिक दूरी भने कायम गरिएको छ । सवारीसाधन नचलेकाले पर्वत खण्डमा सबैभन्दा जटिल मानिएको चुवाको पहरो फुटाउने कामलाई तीव्रता दिइएको छ । चैत १ देखि सेनाको सहयोगमा विस्फोट गराउन सुरु गरिएको चट्टानको काम लकडाउनपछि ठप्प थियो ।

 

कोभिड१९ रोकथाम उच्चस्तरीय समितिले राष्ट्रिय गौरवका आयोजनामा शारीरिक दूरी कायम गरेर निर्माणस्थलमै उपलब्ध मजदुर परिचालन गरी काम गर्ने निर्णय गरेपछि आयोजनाको काम अघि बढाउन बाटो खुलेको हो । कुस्मा, खरेहा, चुवालगायत स्थानमा सडक चौडा, नाली, कल्भर्ट निर्माणलगायत काम अघि बढाइएको छ । ‘सम्भव भएसम्म बाहिरबाट कामदार नल्याउने, निर्माणस्थलमा भएका र घर फर्किन नपाएका मजदुरलाई ल्याएर काम गर्न लगाउने निर्देशन थियो,’ थापामगरले भने, ‘सोहीअनुसार काम थालेका हौं ।

 

आगामी भदौ ३० सम्म सक्ने गरी पर्वत खण्ड विस्तारको जिम्मा लिएको लामा कन्स्ट्रक्सनले तोकिएकै समयमा काम सक्ने गरी पछिल्लो समय करिब ९ सय कामदार परिचालन गरेको कन्स्ट्रक्सनका प्रबन्धक गोविन्द भुसालले बताए । वैशाख २५ पछि पनि कामलाई निरन्तरता दिनसके असारसम्म पर्वत खण्डको सबैजसो सडक कालोपत्र सकिने थापा मगरको दाबी छ ।साभारः कान्तिपुर दैनिकवाट

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)