Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1780




पर्वतका एक युवाद्धारा दक्षिण कोरियामा आत्महत्या
पर्वतका एक युवाद्धारा दक्षिण कोरियामा आत्महत्या

बैशाख २३, पर्वत रोजगार अनुमति प्रणाली (ईपिएस) मार्फत दक्षिण कोरिया पुगेका पर्वतका एक युवाले आत्महत्या गरेका छन् दक्षिण कोरियाको ख्याङ्गीदोको गिम्पोसिमा काम गर्ने पर्वतको पैंयु गाउँपालिका वडा नं काहुँ गाउँका ३३ बर्षीय पूर्ण थापाले शनिवार दिउँसो आत्महत्या गरेका हुन्

 

 

सिएनसी कम्पनीमा कार्यरत रहेका थापा लामो समय देखि डिप्रेशन भएको कम्पनीमा कार्यरत नेपालीले बताएका छन् शनिबार दिउँसोको खाना खाएर आराम गर्न भन्दै कोठामा गएका थिए कम्पनीको सिसिटिभीमा दिउँसो बजेर ५० मिनेटसम्म उनी कम्पनीमा आएको देखिन्छ ।त्यसपछि सिसिटिभी अफ गरेर आफैले काम गर्ने मेसिन पछाडी कुनामा गएर आत्महत्या गरेका छन्

 

कार्यकाल सकेर सिबिटि उर्तिण गरेर पूनः कोरिया गएमन थिय भने दोस्रो कार्यकालको लागी उनले सिबिटी पिबिटी दुवै उर्तिण गरेका थिए घरमा एक छोरा एक छोरी रहेको उनि दोस्रो कार्यकालको लागी छोरी को न्वारन गरेको भोलिपल्टै घरबाट कोरिया हिडेका थिए ।उनले सुसाइड नोटमा छोरालाई कोरियादेखि साईकल ल्याईदिन नसकेको भर्खरै तोते बोली बोल्ने छोरीको बाबा शब्दले पनि बचाउन नसकेको लेखेका छन्

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)