Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1168




बैकमा देखिएको भिड व्यवस्थापन गर्न बैँकर्सहरुलाई प्रशासनको आग्रह
बैकमा देखिएको भिड व्यवस्थापन गर्न बैँकर्सहरुलाई प्रशासनको आग्रह

बैशाख २३, पर्वत पर्वतका बैँकहरुले दिने सेवामा सेवाग्राहीको भीड नहुने विधि अपनाउन जिल्ला प्रसासन कार्यालयले निर्देशन दिएको पछिल्लो समय बैँकहरुमा भीड बढेको सामाजिक दुरी कायम नभएको पाईएपछि वैँकका प्रवन्धकहरु संग प्रसासनले सोमवार छलफल गरेको हो


बैँकर्स एसोसिएसनका पदाधिकारीहरु बैँकका प्रवन्धकहरु प्रसासनले छलफल गरि भीड नगर्न आलोपालो गरि सेवाग्राहीलाई बोलाएर सेवा दिने विधि अपनाउन प्रसासनले निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले जानकारी दिनुभयो सामाजिक सुरक्षा भत्ता पेन्सन झिक्नेहरुका कारण बैँकमा भीड बढ्न थालेको हो

 

सकेसम्म जनप्रतिनिधी संग समन्वय गरि घरघरमै गएर भत्ता बाँड्ने विधि शुरु गर्न बैँकहरुलाई अनुरोध गरिएको प्रजिअ नेपालले जानकारी दिनुभयो एक दिनमा बढिमा १५ जना मात्रै सेवाग्राहीलाई सेवा दिने व्यवस्था गर्न पनि प्रसासनले सुझाव दिएको बैँकर्स एसोसिएसन पर्वतका अध्यक्ष गोबिन्द आचार्यले बैँकहरुलाई परेको समस्याका बारेमा अवगत गराउनुभएको थियो उहाँले सेवाग्राहीलाई सेवा दिनुपर्ने भीड पनि गर्न नहुने कुरालाई बिशेष ख्याल गर्दागर्दै पनि भीड बढेको बारेमा प्रसासनलाई जानकारी दिनुभयो उहाँले भत्ता घरमै लगेर वितरण गर्न बैँकहरुले जनप्रतिनिधी संग समन्वय गर्ने भेग छानेर सेवाग्राहीलाई सुचना पुराउने व्यवस्था गरिने बताउनुभयो

 

कुश्मामा रहेका २० वटा बैँकका प्रतिनिधी छलफलमा सहभागी भएका थिए बिगत एक हप्ता देखि कुश्माका बैँकहरुमा सेवाग्राहीहरुको भीड बढेको लकडाउनको बेला गाउँ गाउँबाट मानिसहरु सदरमुकाममा आउँदा लकडाउनको मर्मत समेत ओझेलमा परेको बैँकमा देखिएको अस्वाभाविक भीडका कारण रोग फैलिने त्रास बढेको भन्दै प्रसासनले चासो दिएको हो    

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)