Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1664




पर्वत : महिलालाई निर्घात कुटपिट गर्ने शिक्षक प्रहरी नियन्त्रणमा
पर्वत : महिलालाई निर्घात कुटपिट गर्ने शिक्षक प्रहरी नियन्त्रणमा

बैशाख २२, पर्वत महिलामाथि हातपात गरेको आरोपमा पर्वतका एक शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्लाको पैयु गाउँपालिका त्रिवेणीका स्थानीय शिक्षक खगेन्द्र्र रानालाई प्रहरीले नियन्त्रणमा लिएको हो


शनिवार नहरको विषयमा सामान्य विवाद हुँदा शिक्षक रानाले महिलामाथि निर्घात कुटपिट गरेको थिए सोही विषयलाई लिएर महिलाले गाउँपालिका सँगै प्रहरी चौकीमा उजुरी दिईएकी थिईन ।उजुरीका आधारमा शिक्षकलाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय हुवासका प्रहरी निरिक्षक विजय कुवँर सिँहले जानकारी दिए महिलालाई गम्भीर चोकपटक लागेको हुँदा उपचारका लागि वलिङ पठाईएको प्रहरी निरिक्षक सिँहले बताए


 शिक्षक रानालाई आफन्तको जिम्मामा बोलाएको समयमा चौकीमा जाहिर हुने सर्तमा रिहा गराईएको


वडा अध्यक्ष भिमसेन गुरुङका अनुसार महिला माथि गम्भीर चोक लागेको पाईएको पीडित महिलालाई आईतवार एम्बुलेन्स मार्फत उपचारका लागि वलिङ पठाएको उनले बताए स्थानीय समयमै घटनास्थालमा पुगेको हुँदा घटनाले ठुलो रुप लिन नपाएको उनको भनाई


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)