Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

2261




गलेश्वर–मालढुङ्गा नियमित जलयात्रा सञ्चालन हुने
गलेश्वर–मालढुङ्गा नियमित जलयात्रा सञ्चालन हुने

माघ ७ पर्वत - प्रसिद्ध धार्मिकस्थल म्याग्दीको गलेश्वरधामबाट पर्वत र बागलुङको सिमाना मालढुङ्गासम्म कालीगण्डकी नदीमा नियमित र्‍याफ्टिङ (जलयात्रा) सञ्चालन हुने भएको छ ।

छैटौं म्याग्दी महोत्सवको अवसरमा फोर हिमालय म्याजिक कम्पनीले पुस २८ देखि जलेश्वरदेखि बेनीबजारको थकाली सेवा समाजको घरसम्म सञ्चालन गरेको र्‍याफ्टिङ प्रभावकारी र स्थानीयको व्यापक अभिरुचि देखिएपछि व्यवसायी यसलाई नियमित गर्न इच्छुक देखिएका हुन् । र्‍याफ्टिङ एशोसिएशन अफ पोखरा (नारा)सँग समन्वय गरी म्याग्दी उद्योग वाणिज्य सङ्घ, नगरपालिका र स्थानीय बासिन्दासँग सहकार्य गरेर आफ्नो कम्पनीले गलेश्वर–मालढुङ्गा रूटमा नियमित जलयात्रा गर्न इच्छुक रहेको व्यवसायी देव रेग्मीले बताए ।

मालढुङ्गा नजिकै नयाँपुलबाट सेतीवेणी, मिर्मीसम्म फागुन दोस्रो सातादेखि जेठ पहिलो सातासम्म नियमित जलयात्रा हुँदै आएको छ । यो रुटमा नियमित जलयात्राका लागि २ वर्षअघि नै तयारी भए पनि बेनीबजार, मिलनचोक क्षेत्रमा सीधै गण्डकीमाथि फाल्ने घरायसी ढल र फोहोर कारण रोकिएको हो ।

गलेश्वर–मालढुङ्गा सडक १६ किलोमिटर भए पनि नदी घुमाउरो हुने भएकाले २२ देखि २५ किलोमिटर हुनेछ । साढे २ देखि ४ घण्टाको प्याकेज बनाएर फागुनबाटै सञ्चालन गर्ने तयारी गरिएको व्यवसायी रेग्मीले बताए । म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष उत्तम कर्माचार्यले गण्डकी क्षेत्रमा हुने फोहोर न्यूनीकरण र हटाउनका लागि सङ्घले विशेष अभियान सञ्चालन गर्ने बताए ।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)