Correspondent, ParbatNepal
6 years ago
1190
बैशाख १९, पर्वत । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले लकडाउनबाट पिडित भएका श्रमिक तथा मजदुर वर्गका लागि राहातका बिशेष कार्यक्रम ल्याउन सरकार संग अनुरोध गर्नुभएको छ ।
अन्तर्राष्ट्रिय श्रमिक दिवस तथा १३१औं मजदुर दिवसको अवसरमा शुभकामना दिदै अध्यक्ष तिमिल्सिनाले श्रमिक तथा मजदुर बर्गका लागि स्वरोजगार, जिविकोपार्जन, रोजगारी तथा राहतका विशेष कार्यक्रम ल्याउन सरकार ल्याउन सरकार संग अनुरोध गर्नुभएको हो ।
विभिन्न आरोह अबरोह पार गर्दै आफ्ना अधिकारहरु स्थापित गराउन सफल श्रमिक तथा मजदुर वर्ग अहिले कोरोनाको महामारीका कारण सबैभन्दा बढी समस्यामा परेकोले उनीहरुको जीबिकोपार्जनका लागि पनि बिशेष राहात कार्यक्रम आबश्यक भएको अध्यक्ष तिमिल्सिनाको भनाई छ
। ‘महामारीका कारणले देश विदेशमा रहेका श्रमिक तथा मजदुरहरु बेरोजगार हुनुपर्ने अवस्था आएको छ भने उनीहरुले आफ्नो दैनिक जिविकोपार्जनमा कठिनाई भोग्नुपरेको छ’ उहाँले भन्नुभएको छ ‘यस अवस्थामा राष्ट्रको समग्र सामाजिक, आर्थिक उन्नतीका लागि महत्वपूर्ण भूमिका रहेको श्रमिक तथा मजदुर वर्गको स्वरोजगार, जिविकोपार्जन, रोजगारी तथा राहतका विशेष कार्यक्रम ल्याउन सरकार समक्ष अनुरोध गर्दछु’
अहिले विश्वनै नोवल कोरोना भाइरस ९कोभिड९१९०को महामारीका कारणले आक्रान्त भएको कारण विश्वभर कोरोना संक्रमणबाट निधन भएका मजदुर एवं सम्पूर्ण नागरिकप्रति ब्यक्त गर्दै भाइरसबाट संक्रमित नेपाल र विश्वभरका सम्पूर्ण नागरिकमा शिघ्र स्वास्थ्य लाभको कामना पनि गर्नुभएको छ ।
