Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

1952




विवादले खानेपानी आयोजनाको काम रोकियो
विवादले खानेपानी आयोजनाको काम रोकियो



रोशन तिवारी÷माघ ६ पर्वत  -जिल्लाको फलेवास नगरपालिका–३ मा खानेपानी आयोजनाको उपभोक्ता समिति गठनमा विवाद भएको छ । चालु आर्थिक वर्षमा खानेपानी तथा सरसफाई मन्त्रालय मार्फत २४ करोड रुपैयाँको वृहत खानेपानी आयोजना सञ्चालन गर्न अख्तियारी प्राप्त भएपनि उपभोक्ता समितिमा विवाद उत्पन्न हुँदा काम अगाडी वढ्न सकेको छैन । 

टकरावका कारण उपभोक्ता समितिमा विवाद उत्पन्न भएको हो । नेकपा एमाले र काँग्रेसका विचमा अध्यक्ष पदमा दावी परेपछि उपभोक्ता समिति गठन हुन सकेको छैन । नेपाली काँग्रेसका सचिव रहेका शिवप्रसाद तिवारीको अध्यक्षतामा एक समिति गठन भएको छ । उक्त समितिमा नेकपा एमालेको तर्फवाट भीमप्रसाद भुसाल सचिव, माओबादी केन्द्रका विण्णुवहादुर विक उपाध्यक्ष रहेका छन् । राप्रपा,जनमोर्चा लगायत दलका प्रतिनिधी सहित दलित, अपाङगता र महिलाको पनि सहभागिता गराइएको वडाध्यक्ष अर्जुनवहादुर केसीले जानकारी दिए । 

तर उक्त समिति आमभेला नगरि वनाइएको भन्दै एमालेका प्रतिनिधी नारायण भुसाल र कमल भुसालले अडान लिएपछि उपभोक्ता समिति वन्न सकेको छैन । उपभोक्ता समिति विवादित वनेपछि खानेपानी आयोजनाको काम अगाडी वढ्न नसकेको जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यलयले जनाएको छ । 

स्थानीय उपभोक्ता समिति नवनी टेण्डर आव्हान गर्न नियमतः मिल्दैन । शिवप्रसाद तिवारीको अध्यक्षतामा वनेको समिति आमभेला वाटै निर्माण भएको एक पक्षले दावी गरेको छ । तर अर्को पक्ष भने आमभेला गरेर समिति गठन गर्न माग गर्दा काम अगाडी वढ्न नसकेको वताईन्छ । गाविसभरिका नागरिकहरुलाई खानेपानीको पहुँच पुराउन आयोजना शुरु हुन लाग्दा यसरी विवाद भएपछि स्थानीयवासीहरु निराश भएका छन् । 

विवाद मिलाउन प्रयास भैरहेको वडाध्यक्ष अर्जुनवहादुर केसीले वताउनुभयो । अहिले वनेको उपभोक्ता समिति आमभेलावाटै निर्माण भएका कारण वैधानिकताको प्रश्न उठाएर विरोध गर्नु विकासको काम रोक्नु वाहेक अरु केहि पनि नभएको केसीले वताए । फलेवास नगरपालिकाले समेत यसअगाडी गठन भएको उपभोक्ता समितिलाई वैधानिक भनेको छ । 

नगरपालिकाका मेयर पदमपाणी शर्माले समितिमा विवाद गरेर खानेपानी आयोजना काममा अवरोध नगर्न र विवाद नगर्न निर्देशन दिईसकेका छन् । ‘वेकारका माग राखेर काम रोक्नुहुन्न भन्नेमा हामी अडिग छौँ, मेयर शर्माले भने,‘सानातिना विवादले काम रोक्नुहुँदैन भनेर हामीले निर्देशन दिएका छौँ ।’ खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले विवाद भैरहेका काम शुरु गर्न नसक्ने भएकाले विवाद समाधान गर्न ताकेता गरेको छ । 



सम्बन्धित समाचार (फलेवास नगरपालिका )
सम्बन्धित समाचार ( मुख्य खबर)