Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1478




पर्वतमा असिनापानीले वालीनालीमा क्षति
पर्वतमा असिनापानीले वालीनालीमा क्षति

चैत्र , पर्वत पर्वतमा शुक्रवार परेको भिषण असिना पानीले  वालीनालिमा क्षति पु¥याएको शुक्रवार दिउँसो परेको भिषण असिनापानले बालिनालिमा क्षति पुगेको कृषकहरु बताउँछन् चैत्र महिनामा शुरुवातमा परेको असिनापानीले पर्वतको कुश्मा नगरपालिका, मोदी गाउँपालिका, फलेवास नगरपालिका छिमेकी जिल्ला बागलुङको बलेवामा क्षेत्रमा लगाएको मकै, फलफुल तरकारी बालीमा  क्षति पुगेको हो

 

असिनापानीले खेतमा भर्खरै उम्रिएका मकै, पाकेको तोरी गुहँवालीमा ठुलो नोक्सानी पुगेको फलेवासका कृषक शिव अधिकारीले जानकारी दिए झण्डै आधा घण्टा भन्दा बढि परेको असिना एक फिट जति थुप्रिएको थियो असिनाले व्यावसायिक रुपमा लगाएका गोलभेडा, काक्रो, घिरौला, लौका, बोडि, सिमी, खुर्सानी लगायतका तरकारीबाली नष्ट गरेको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको पर्वत बागलुङका विभिन्न क्षेत्रमा ठुलो असिना परेको बताउँदै क्षतिको विवरण भने आईनसकेको कृषि ज्ञान केन्द्रले जनाएको


अहिले क्षतिको विवरण संकलन कार्य भैरहेको कृषि ज्ञान केन्द्रका प्रमुख बासुदेव रेग्मीले जानकारी दिनुभयो उहाँका अनुसार गएको वर्षपनि वैशाखमा परेको असिनाले करोड भन्दा बढिको मकैवाली नष्ट गरेको थियो कृषकहरुले लगाएको तोरीवाली थन्क्याउने बेलामा असिना परेका कारण पुरै झरेर नष्ट भएको केन्द्रले जनाएको विवरण संकलन गरिसकेपछि क्षतिको यकिन मुल्यांकन हुने कार्यालयले जनाएको

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)