Correspondent, ParbatNepal
8 years ago
1802
पुष १८ पर्वत-
यहाँका एक व्यक्तिले चौरासी पुजाको दान विद्यालयलाई सहयोग गरेका छन् । पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङका नारायणप्रसाद गुरुङले आफ्नो चौरासी पुजामा तलुदान स्वरुप संकलन भएको ५० हजार रकम स्थानिय दुई सामुदायिक विद्यालयलाई सहयोग गरेका हुन् ।
गुरुङले सुर्यप्रकाश मा।विलाई २५ हजार र काफ्लचौर मा।विलाई २५ हजार रुपैयाँ सहयोग गरेको बताए । गुरुङले सुर्यप्रकाश मा।विको पर्खाल निर्माणमा र काफ्लचौर मा।विको भवन निर्माणमा सहयोग गरेको उनका छोरा पृतम गुरुङले जानकारी दिनुभयो ।
विद्यालयको शैक्षिक तथा भौतिक विकासमा सहयोग पुगोस् भन्ने हेतुले रकम सहयोग गरेको हो । सुर्यप्रकाश मा।विलाई एक कार्यक्रमको विच रकम हस्तान्तरण गरिएको छ, भने काफलचौर मा।विलाई हस्तान्तरण गने क्रममा रहेको छोरा पृतमको भनाई छ ।
स्थानिय सामुदायिक विद्यालयका शैक्षिक तथा भौतिक विकासमा टेवा पु¥याउने उद्देश्यले रकम सहयोग गरेको नारायणप्रसाद गुरुङले बताए । राज्यको कारण सामुदायिक विद्यालय धरासय बन्दै गएको प्रति उनले चिन्ता व्यक्त गरे ।
