Correspondent, ParbatNepal
7 years ago
1699
पर्वत । पर्वतमा जन्मिएर संसारभरी छरिएर रहेका पर्वतेहरुको भेला हङकङमा भएको छ । पर्वतबाट रोजगारी र अन्य कामको शिलशिलामा बिभिन्न देशमा रहेका पर्वतेलीहरुको सम्मान तथा भेटघाट कार्यक्रम हङकङमा भएको हो । यसको व्यवस्थापन पर्बत मञ्च हङकङले गरेको थियो ।
बैठकमा पर्बत मञ्च हङकङमा आबद्ध सम्पूर्ण ईकाई सदस्य संस्थाहरुका प्रतिनिधिहरुको पनि सहभागिता रहेको थियो । हङ्गग्रि आई रेष्टुरेण्टमा भएको उक्त कार्यक्रममा अन्तर्राष्ट्रिय पर्वत समाजका संरक्षक एवम्गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष कुल आचार्य, अन्तर्राष्ट्रिय पर्वत समाजका संरक्षक एवम एनआरएनए.एनसीसी. जापानका सदस्य महेश श्रेष्ठ, एनआरएनए., अन्तर्राष्ट्रिय पर्वत समाजका सल्लाहकार एवम् एनसीसी. जापानका एनसीसी. सदस्य ओम गुरुङ, अन्तरािष्ट्रय पर्वत समाजका सदस्य पारस गौतम लगायतको सहभागिता थियो ।
