Correspondent, ParbatNepal
8 years ago
2592
मनिषा भुसाल
पुष ९ पर्वत -
यो वर्ष पर्वतमा डेढसय मेट्रिक टन लप्सी उत्पादन भएको छ । लप्सीको पर्यायवाची नामले चिनिने पर्वतमा कृषकहरुको सक्रियताले उत्पादन वढेको हो । जिल्लालाई ‘एक गाउँ एक उत्पादन’ कार्यक्रममा समेटिएपछि लप्सी उत्पादनमा वृद्धि भएको हो । गतवर्ष ६० टन मात्रै उत्पादन भएकोमा अहिले दोव्वर अनुपातमा वृद्धि भएको छ । जिल्लाको मुडिकुवा, शंकरपोखरी, थापाठाना, भंगारा, दुर्लुङ लिमिठाना र ठानामौलामा व्यवसायिक रुपमै लप्सी उत्पादन गर्ने गरिन्छ ।
‘एक गाउँ एक उत्पादन’ क्षेत्रमा समेटिएको पर्वतमा लप्सीले वजार पाउन थालेपछि कृषकहरुले धान मासेर लप्सी लगाउन थालेका छन् । लप्सीको उपयोग र यसका परिकारको माग बढ्न थालेपछि किसानहरुले यसको खेती बिस्तार र व्यवसायिक उत्पादनमा जोड दिन थालेका हुन् । किसानहरुले गतवर्षदेखि बोटबाटै २५ देखि ४० रुपैया“ प्रति किलोमा लप्सी बिक्रि गर्न थालेका छन् । ‘महत्व नबुझ्ने बेलासम्म बारीमै कुहिन्थे’ फलेवास ३ की साबित्री रिजालले भनिन्, ‘अहिले बोटबाटै बिक्रि हुन्छन् । रिजालले ३ वर्षयता वर्षेनी लप्सीबाट ५० देखि ६५ हजार आम्दानी गर्दैआएकी छिन् । बैज्ञानिक र नया“ जातको बिस्तार हुन नसके पनि परम्परादेखि उत्पादन हु“दै आएका ‘हाडे’ र ‘बोसे’ लप्सीलाई ग्रेडिङ गरि मुल्यनिर्धारण हु“दैआएको छ ।
जिल्लाभरका करिव ३०० किसानले लप्सीबाट अपेक्षित आम्दानी लिन थालेको उद्योग वाणिज्य संघले जनाएको छ । लप्सीमार्फत साना उद्यामी र स्थानीय व्यापारीले पनि लाभ लिएको उद्योग वाणिज्य संघका अध्यक्ष हरिओम शर्मा लामिछानेले वताए । यो वर्षसम्म आइपुग्दा जिल्लाको करिव ६० प्रतिशत लप्सीको सदुपयोग भएको छ,’ लामिछानेले भने, ‘महत्व थाहा पाउने किसानहरुले यसको व्यवसायिक खेती शुरु गरिसकेका छन् । कतिपयले महत्व बुझेर पनि खेर फालेका छन् ।’ भिरालो र पाखोबारीमा रोपेको ६ वर्षपछि कम्तिमा ६० वर्षसम्म निरन्तर आम्दानी दिने भएकोले लप्सीमा किसानको आकर्षण बढ्दै गएको कृषि प्राविधिकहरु बताउ“छन् ।
विगत १५ वर्षअघिदेखि लप्सी प्रशोधनका लागि स्थापित सामुदायिक खाद्य प्रशोधन उद्योगले यस वर्ष १४० टनभन्दा बढी प्रसोधन गर्ने जनाएको छ । लप्सी प्रशोधनबाट यस वर्ष २० लाखभन्दा बढीको कारोबार हुने सञ्चालक थानेश्वर भुसालले जानकारी गराए । ‘हामीले गतवर्ष जापान, कोरिया र अमेरिकामा पनि लप्सीका परिकार पठायौँ । यो वर्षपनि माग आएको छ, उनले भने,‘ देशमा मात्रै हैन विदेशमा पनि लप्सीको परिकार रोजाईमा पर्न थालेपछि हामी उत्साहि छौँ ।’
जिल्लाभरका लप्सी प्रसोधन गरेर त्यसका परिकार तयार गर्ने सिजन शुरु भएको छ । व्यवसायिक रुपमा सञ्चालन भएका ३ वटा उद्योगले जिल्लाभरका लप्सी प्रसोधन गरेर करिव एक दर्जन परिकार बनाउ“दै आइरहेका छन् । लप्सीका तितौरा, माडा, अचार, जाम, क्याण्डी, धुलो, खट्टा लगायतका परिकार वनाउने गरिएको छ । पर्वतमा उत्पादन लप्सीका परिकार स्वदेश र विदेशसम्म विक्री हुने गरेको छ ।
