Correspondent, ParbatNepal
8 years ago
2278
अन्तराष्ट्रिय पर्बत समाज को भेला आउदो डिसेम्बर २७ तारिख बेल्जियम मा हुने भएको छ।
पर्बत जिल्ला घर भइ संसार को बिभिन्न देशमा बसोबास गर्ने पर्बतेलाई एकजुट गर्ने उदेश्य ले गएको अक्टोबर १३ मा गठन भएको सो समाज को भेला मा बेल्जियम र फ्रान्सका लागि नेपाली राजदूत क्रमश लोक बहादुर थापा र अम्बिका देवी लुइटेल , एन आर एन का केन्द्रिय उपाधक्ष्य कुल आचार्य र युरोप भरि रहेका पर्बतेली एनआरएन को पनि उपस्थित हुने जानकारी समाज का अध्यक्ष पुरण गिरी ले पर्बतनेपाल डट कम लाई दिनु भयो। पररास्ट्र सचिब शंकर बैरागी आउने भनिए पनि कार्य बेस्तता ले आउन नमिल्ने जानकारी गिरि ले दिनु भयो।
समाज लाई कसरी लैजाने र भाबी कार्ययोजन को बिषय मा नै भेला केन्द्रित हुने जानकारी गिरि ले दिनु भयो।
चर्चित गायक बसन्त थापा र नर बहादुर बिसीले आफ्नो सांगीतिक कोशेली ले सो भेला लाइ तताउने हुनु भएको छ। कार्यक्रम को जानकारी निम्नानुसार छ
मिति – २७ डिसेम्बर ,२०१७ बुधबार
समय – बिहान ठिक १०.०० बजे
स्थान – Hotel De Spiegel
Stationstraat 3
9100 Sint Niklaas
Belgium
