Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

2721




च्यारिटी शो कार्यक्रमका बारेमा स्काईपमा छलफल, समिति बिस्तार
च्यारिटी शो कार्यक्रमका बारेमा स्काईपमा छलफल, समिति बिस्तार


रोशन तिवारी । 

पर्वत सेवा समाजले जुन ३ मा आयोजना गर्न लागेको च्यारिटी शो कार्यक्रमका विषयमा स्काईप बैठक सम्पन्न भएको छ । च्यारिटी शो कार्यक्रमलाई व्यवस्थित बनाउने शिलशिलामा वेलायत देखि बेल्जियमसम्म र देशका बिभिन्न ठाउँमा रहेका सम्वन्धित व्याक्तिहरुका बिचमा छलफल भएको हो । यो कार्यक्रमलार्य महत्वका साथ हेरिएको छ । पर्वतबासी मात्रै नभएर बिदेशमा रहेका व्याक्तिहरुले यो कार्यक्रमलाई प्रतिष्ठाको रुपमा हेरेका छन् । उक्त छलफलमा जुन ३ लाई चाडकै रुपमा लिएर कार्यक्रमका लागि सबै आ–आफ्नो ठाउँवाट खट्ने निर्णण गरिएको छ ।

कार्यक्रम अवधिभर होटेल बुकिङ र भिषाको लागि निमन्त्रणलगायत स्थानीय रुपमा गर्नुपर्ने अफिसियल कार्यहरु सम्पन्न भएको बैठकमा जनाईएको छ । बैठकले समिति विस्तार गर्नुका साथै सक्रिय रुपमा काम गर्नु भएका व्यक्तिलाई पदिय जिम्मेवारी समेत तोकिएको छ । 

समितिले सल्लाहकारमा गगा भुसाल (युके), ईन्द्रप्रसाद शर्मा (स्पेन) गोपीचन्द्र भुसाल (युएइर्) प्रकाश पौडेल (बेल्जियम), कोषाध्यक्षमा भरत पौडेल (युके), वर्तमान कोषाध्यक्ष गगा भुसाललाई सल्लाहकारमा मनोनीत गरिएको छ । साथै रिक्त रहेको  पदमा समेत पदाधिकारी नियुक्ति गरिएको छ । बैठकले सह–कोषाध्यक्षमा विनोद पुरि (युके) सचिवमा मणिप्रसाद भुर्तेल (युएई) लाई सममितिमा चयन गरिएको छ । संस्थाले नेपालका गतिविधिहरुका लागी आबश्यक पर्ने कानुनी सल्लाहकारका लागि विश्वप्रकाश पौडेललाई चयन गरेकोे जनाएको छ । 

संस्थाले आर्थिक कोष तथा संस्थापक समितीका सदस्यहरुलाई सहयोग गर्न आग्रह गरेको छ । बैठकले अध्यक्षका लागि ३ सय डलर पदाधिकारीहरु सबैमा २ सय डलर र  सदस्यहरुमा १ सय डलर उठाउने निर्णय गरिएको छ ।संस्थाले आफ्ना गतिविधीलाई प्रभावकारी तथा आधिकारिक रुपमा प्रवाह गर्नका लागि फेसबुक पेज संचालन गर्ने निर्णय गरेको छ । फेसबुक पेजका लागि महासचिव गुणराज शर्माको संयोजकत्वमा समिति चयन गरिएको छ । 

त्यस्तै सचिवमा द्धय सुजन जोशी , सागर सुबेदी , लगायत नेपालवाट रोशन तिवारी,विशन क्षेत्री र साजन परियार सदस्य रहने गरि मिडिया टिम गठन गरिएको छ ।  साथै समितीको आधिकारिक वेबसाईट निर्माण र संचालनका लागी गुणराज शर्मा , सुजन जोशी , सागर सुवेदी , मणि प्रसाद भुर्तेल र भरत पौडेललाई जिम्मा दिने निर्णय गरेको महासचिव गुणराज शर्माले जानकारी दिनुभयो । साथै  समितिले गरेका गतिविधिहरुलाई समितिका सबै साथीहरूले सामाजिक संजाल मार्फत प्रचारप्रसार गर्न आ–आफ्नो ठाउँबाट लाग्न सबैलाई आग्रह गरेको छ ।


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( प्रवास)