Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

2385




‘छोरी पढाऔँ अभियान’मा पर्वत समाज जापानले सहकार्य गर्ने
‘छोरी पढाऔँ अभियान’मा पर्वत समाज जापानले सहकार्य गर्ने

पर्वत नेपाल–संवाददाता ।  ‘छोरी पढाऔँ अभियान’मा पर्वत समाज जापानले सहकार्य गर्ने भएको छ । विभिन्न कारण विद्यालय जना नसकेका बालबालिकालाई विद्यालयमा ल्याउने उद्देश्यले स्थापना भएको अभियानमा पर्वत समाज जापानले सहकार्य गर्ने भएको हो ।

छोरी पढाऔँ अभियान’ले आर्थिक अभावका कारण विद्यालय जानवाट बञ्चित भएका बालबालिकालाई सहयोग गदै आएको छ ।  उक्त अभियान कुश्मा नगरपालिका–३ दुर्लुङ निवासी सामजिक अभियान्त प्रेम विश्वकर्माले संञ्चालन गदै आउनु भएको छ ।

पर्वत समाज जापानका अध्यक्ष सुजन जोशीको अध्यक्षतामा सम्पन्न बैठकले हाल तिन जना बालिकालाई सहयोग गर्ने भएको छ । संस्थाका सल्लाहकार महेश श्रेष्ठले २ जना र अध्यक्ष जोशीले १ जना किशोरीको पढाईमा सहयोग गर्ने बताउनु भयो । अन्य सहयोगका लागि दाताहरुको खोजी भईरहेको अध्यक्ष जोशीले बताउनु भयो ।

सहयोग गर्न चाहाने महानुभावले पर्वत समाज जापानमा सम्पर्क गर्न संस्थाले आग्रह गरेको छ ।‘छोरी पढाऔँ अभियान’ अन्तरगत सहयोगदाताले मावि स्तरिय (+2) सम्मको सम्पूर्ण पढाई खर्च बहन गर्ने जिम्मेवारी लिनु पर्नेछ।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( प्रवास)