Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

2985




पर्बत सेवा समाज यु.ए.ई. द्वारा सम्मान कार्यक्रम
पर्बत सेवा समाज यु.ए.ई. द्वारा सम्मान कार्यक्रम

युएई भ्रमणमा रहनु भएका अन्तरास्ट्रिय पर्बत समाजका संरक्षक महेश कुमार श्रेष्ठलाइ पर्बत सेवा समाज युएईले एक कार्यक्रमका बीच स्वागत र सम्मान गरेको छ। 

४ जनवरी शुक्रबार बर दुबईको चौतारी रेस्टुरेन्टमा आयोजित कार्यक्रममा पर्बत सेवा समाज युएईका अध्यक्ष परशुराम पौडेल,  संरक्षक खिमानन्द भुर्तेल,सस्थापक अध्यक्ष मणि भुर्तेल लगायत सम्पूर्ण पर्बत सेवा समाज युएई टिमले स्वागत गर्नु भएको थियो।  

सो कार्यक्रममा युएई तथा मध्यपुर्बमा रहेका पर्बतबासी तथा सम्पूर्ण नेपालीहरुका समस्या तथा त्यसमा अन्तरास्ट्रिय पर्बत समाज ले गर्न सक्ने सहयोग बिषयमा समेत छलफल भएको जानकारी सस्थाका महासचिव कमल लामिछानेले दिनु भयो। सो छलफलमा पर्बत सेवा समाज युएईका अध्यक्ष परशुराम पौडेल,  संरक्षक खिमानन्द भुर्तेल,सस्थापक अध्यक्ष मणि भुर्तेलले आफ्नो धारणा राख्नु भएको थियो।  

कार्यक्रम मा बोल्दै संरक्षक महेश कुमार श्रेष्ठले आफु पर्बतको बृहद हित एबम  सम्पूर्ण पर्बतबासी साथै  सम्पूर्ण नेपालीको हितको लागि सधै प्रतिबद्द रहेको साथै आफुले यी बिषयहरु पर्बत समाजमा मात्र नभई एनआरएन को केन्द्रिय समितिमा पनि राख्ने जनाउनुभयो साथै अन्तरास्ट्रिय पर्बत समाजले युएईमा फेब्रुअरी २८ र मार्च १ मा आयोजना गर्न लागेको बृहत  भेलाले यी बिषयमा छलफलको साथै समस्या निराकरणमा कोशेढुंगा साबित हुने विश्वास राख्नु भयो । 

संस्थाका महासचिव कमल लामिछानेले संचालन गर्नु भएको सो कार्यक्रममा महेश श्रेष्ठ संगै सिटि एक्सप्रेस रेमिट का डाइरेक्टर डाइरेक्टर श्री चन्द्र टन्डनलाइ पनि सस्थाको तर्फ बाट सम्मान गरिएको जानकारी पर्बत सेवा समाज युएईका  अध्यक्ष परशुराम पौडेलले पर्बतनेपाल लाइ दिनु भयो।  


NA

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( प्रवास)