गोरु वेचेर हलोे माग गर्दै कृषक
    3 months ago     73
गोरु वेचेर हलोे माग गर्दै कृषक


पुष ९ पर्वत -


पर्वतका कृषकहरुले गोरु वेचेर यान्त्रिक हलोको माग गर्न थालेका छन् । समथर भूभाग,टारी खेत र भिरालो जमिनमा पनि सहजै वोकेर लैजान सकिने र गोरु पाल्ने झण्झट नहुने भएकाले यान्त्रिक हलोको माग वढेको हो । कृषि कर्ममा यान्त्रिकरणमा सरकारले जोड दिएर अनुदानमा हलो वितरण गर्न थालेपछि माग वढ्न थालेको सम्वन्धित निकायले वताउने गरेका छन् । 


जिल्लामा विगतमा जिल्ला कृषि विकास कार्यालय, साँसद विकास कोष मार्फत हलो पाएका किसान अहिले स्थानीय निकायमा हलोको माग लिएर जान थालेका छन् । फलेवास नगरपालिकाका प्रसासकिय अधिकृत मोती सापकोटाले नगरपालिकामा अहिलेसम्म करिव १ सय कृषकहरुले हलोको माग गरेको जानकारी दिए । कृषकहरुको मागमा सबैभन्दा वढि हलो नै पर्ने गरेको उनले वताए । 


कृषि कार्यालयवाट चुवाका विष्णु भुवाजीले हल गोरु वेचेर सबैभन्दा हलो लगेका थिए । त्यसपछि गतवर्षसम्म २०० जनाले हलो लगेको वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले वताए । ‘अहिले कुनै कुनै गाउँमा त गोरु नै देख्न पाईन्न, रेग्मीले भने,‘हलगोरु पालेर अर्मपर्म गर्ने चलन हलोका कारण हराउँदै गएको छ ।’ गोरु पाल्ने झण्झटलाई आधुनिक उपकरणले विस्थापित गर्न थालेपछि अहिले गाउँघरतर्फ खेतबारी जोत्ने गोरुसमेत लोप हुन थालेका छन् । गोरुले जोत्दा दिनभरिमा नमिटिने खेत यान्त्रिक हलोले ३÷४ घण्टामै जोतेर सक्ने कटुवाचौपारीका दण्डपाणी शर्मा पौडेलले वताए । उनले भने,’गोरु पाल्नभन्दा यान्त्रिक हलोका धेरै फाईदा छन् ।’ एकातिर छिटो काम हुने अर्को तिर गोरु पाल्ने झझंट नहुने त्यहि भएर यान्त्रिक हलो नै किफायती लाग्यो’उनले भने ।  


यसअघि कृषि कार्यालयले वितरण गर्ने हलो अहिले नगरपालिका र गाउँपालिकाले वितरण गर्न थालेका छन् । कृषिका लागि यसवर्ष एकमुष्ठ रुपमा ६ करोड १० लाख रुपैयाँ वजेट आएको छ । सबै स्थानीय तहले हलोको कार्यक्रमलाई प्राथमिकता दिएको जिल्ला कृषि कार्यालयले जनायो । 


     प्रतियान्त्रिक हलोको मूल्य रु ५५ हजार देखि रु ७० हजारसम्म पर्छ । कृषि कार्यालयले ३० प्रतिशत अनुदान तथा ढुवानी निःशुल्क दिँदै आएको छ । जिल्लामा अहिलेसम्म २०० को सङ्ख्यामा यान्त्रिक हलो वितरण गरिएका छन् । समूह निर्माण गरेर आएमा स्थानीय तहले ५० प्रतिशतसम्म अनुदानमा यान्त्रिक हलो वितरण गर्ने जनाइएको छ । एक हल गोरुको स्थानीय बजारमा रु ३० हजारदेखि रु ४५ हजारसम्म मूल्य पर्छ । पेट्रोल र डिजेल दुबै इन्धनबाट चल्ने भएपनि कृषक डिजेलबाट चल्ने हलोप्रति बढी आकर्षित छन् । अहिले बजारमा विभिन्न कम्पनीका पाँचदेखि १२ हर्ज पावरसम्मका यान्त्रिक हलो बिक्री भइरहेका छन् ।


सम्बन्धित समाचार (जिल्ला )