घरदैलोमै सामाजिक सुरक्षा भत्ता
admin     6 months ago     68
घरदैलोमै सामाजिक सुरक्षा भत्ता

पर्वतको महाशिला गाँउपालिका वडा नं. ५ लुंखुदेउरालीमा सामाजिक सुरक्षा भत्ता घरदैलोमै पुगेर वितरण गरिएको छ ।  बैंक खातामार्फत भत्ता वतिरण गर्दा वृद्ध तथा अशक्तले ज्यादै झण्झट र दुःख सास्ती व्यहोर्नु परेकाले  वडादशैंको उपलक्ष्यमा वडाकार्यालय लुंखुदेउरालीले घरघरमै गएर भत्ता वितरण गर्न थालेको हो । स्थानीय तहमा पदाधिकारी निर्वा्चित भएर आएपछि सामाजिक सुरक्षा भत्ता घर दैलोमै पुगेर वितरण गरिएको हो ।


चार महिनाको ज्येष्ठ नागरिक, एकल महिला, दलित बालबालिका तथा अपांग भत्ता २१ लाख रुपैयाँ वितरण गरिएको वडाध्यक्ष जिवन उच्चै ठकुरी ले जानकारी दिनुभयो । भत्ता आउँला र दशैं मनाउला भनेर बसेका लाभग्राहीलाई दशैंको मुखमा घरघरमै पुगेर भत्ता वितरण गरेको ठकुरीले बताउनुभयो । वडा नंं. ५ लुंखुदेउरालीका ७६५ जना वृद्धवृद्धा,अपाङ्ग,एकल महिला लगाएतले सामाजिक सुरक्षाभत्ता बापत पाउने रकम ठकुरीले घरघरमा पुगेर प्रदान गर्नुभएको हो । ४ दिनको अवधिमा ७६५ जान लाई २१ लाख बराबरको सामाजिक सुरक्षा भक्ता वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।


घण्टौ हिडेर बैक धाउनुपर्ने बाध्यता रहेको अवस्थामा घरदैलोमै भत्ता पाएपछि जेष्ठनागरिक निकै खुशी भएका छन् । सामाजिक सुरक्षा भत्ता घरदैलोमै वितरण गर्ने वडाको निर्णयबमोजिम उक्त कार्यक्रम शुरु गरिएको बताइएको छ  । यसअघि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले कर्मचारीबाट बदमासी भएको पाइएपछि लाभग्राहीलाई बैंक खातामार्फत भत्ता दिँदै आएको थियो  

http://phalewassandesh.com/story/2208