पर्वतबाट तीनै सिटमा बाम उम्मेदवार अत्याधिक बहुमतले बिजयी
    6 months ago     130
पर्वतबाट तीनै सिटमा बाम उम्मेदवार अत्याधिक बहुमतले बिजयी

कुश्मा । प्रतिनिधीसभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनमा पर्वतबाट बाम गठवन्धनका उम्मेदवार बिजयी भएका छन् ।


केहि बेर अघि सार्वजनिक गरिएको अन्तिम मत परिणामबाट एमालेका अध्यक्ष पदम गिरी प्रतिनिधि सभा सदस्यमा अत्याधिक मतले बिजयी भएका छन् ।एमालेका युवा नेता तथा जिल्ला अध्यक्ष गिरीले नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पर्वतमा तीन पटक चुनाब जितेर ह्याट्रिक गरेका अर्जुनप्रसाद जोशीलाई १२ हजार ४ सय ५६ मत अन्तरले पराजित गर्दै निर्वाचत भएका हुन् । प्रतिनिधीसभा सदस्य पदमा निर्वाचित गिरीले ३९ हजार २ सय ७५ मत प्राप्त गर्नुभएको छ भने पराजित जोशीले २६ हजार ८ सय १९ मत प्राप्त गरेका छन् ।


यसैगरी प्रदेशसभा सदस्यमा क्षेत्र नं. १ मा बाम गठबन्धनका उमेदवार माओबादी केन्द्रका पोलिटब्युरो सदस्य नेत्र अधिकारी बिजयी भएका छन् । प्रदेससभा सदस्य पदमा निर्वाचित सदस्य अधिकारीले नेपाली कांग्रेसका पुर्व जिल्ला सभापाति नवराज गुरुङ्गलाई ४ हजार ८ सय २३ मतको अन्तरले पराजित गरेका हुन् । निर्वाचित अधिकारीले २१ हजार ५ सय ८ मत प्राप्त गरेका छन् भने पराजित हुन पुगेका नेपाली काँग्रेसकमा गुरुङ्गले १६ हजार ६ सय ८५ मत प्राप्त गरेका छन् । गुरुङ्ग २०४८ सालमा पर्वत क्षेत्र नं १ बाट पराजित हुनुभएको थियो भने २०७० मा पर्वत क्षेत्र नं २ मा पनि पराजय भोगेका नेता हुन् ।


यसैगरी प्रदेशसभा २ मा एमालेका प्रदेश कमिटी सदस्य बिकास लम्साल बिजयी भएका छन् । लम्सालले नेपाली कांग्रेसका महाधिबशेन प्रतिनिधी रहेका राजेन्द्र तिवारीलाई २ हजार १ सय ६६ मत अन्तरले पराजित गरेका छन् । प्रदेससभा सदस्यमा बिजयी भएका लम्सालले १५ हजार ४ सय ३४ मत प्राप्त गरेका छन् भने पराजित भएका तिवारीले १३ हजार ३ सय ५२ मत प्राप्त गरेका छन् । लम्साल २०७० मा पनि पर्वत क्षेत्र नं २ बाट निर्वाचित भएका थिए ।

यसैबीच तीनवटै सिटमा बिजयी हासिल गरेको बाम गठवन्धनले आज दिउँसो सदरमुकाममा बिजय ¥याली मनाउने यउोजना बनाएको छ ।

http://24sanchar.com/2017/12/10/3355/
सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( राजनीति)