फलेवासमा २ दिने क्षमता अभिवृद्धि घुम्ति तालिम
admin     7 months ago     82
फलेवासमा २ दिने क्षमता अभिवृद्धि घुम्ति तालिम

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाजोन कार्यान्वयन ईकाई मकै जोन फलेवासको आयोजनामा पर्वतको फलेवासमा २ दिने क्षमताअभिवृद्धि तालिम सञ्चालन गरीएको छ । फलेवास नगरपालिकाभित्रका मुडिकुवाँ, देविस्थान र खानीगाउँकाकिसानहरुको लागिमकै विहु उत्पादन,भण्डारण, प्रसोधनतथाक्षमताअभिवृद्धि विषएक २ दिने स्थलगत घुम्तितालिमको आयोजना गरीएको हो । मंगलवार र बुधवार दुईदिन सम्म सञ्चालनहुनेतालिमको उद्दघाटन गर्दै कार्यक्रमकाप्रमुखअतिथितथाफनपा ५ खानीगाउँका वडा अध्यक्षदिपकशर्मा पौडेलले किसानहरुलाईआफ्नोआयआर्जन बृद्धिगर्न तथाआधुनिक शैलिवाट बालिउत्पादन र भण्डारणमा यस तालिमले महत्वपुर्ण भुमिकानिर्वाह गर्ने बताउनु भयो ।त्यस्तै उहाँले यस परीयोजनाको कार्यक्रमहरु सञ्चालनभए सगैँयस क्षेत्रकाकिसानलाई किर्षि वालि उत्पादनमा आवस्यक विभिन्न उपकरणको सहयोगले ठुलो सहयोग पुगेकोबताउनु भयो । तालिमको उदेश्य र परियोजनाको कार्यक्रम बारे प्रकास पार्दै बरिष्ठ कृषिविकास अधिकृत बसन्तकुमार श्रेष्ठले कृषिमा राष्ट्रलाई आत्मनिर्भर बनाउने उदेश्य सहति नेपाल सरकारलेनै यो परीयोजना सञ्चालन गरेको बताउनु भयो ।

बल्क, जोन, र सुपरजोन गरी ४ बर्गमाविभाजन गरेर सञ्चालन गरीएको परीयोजना अन्र्तगत हाल फलेवास नगरपालिकाका विभिन्न ६ वडाहरु खानीगाउँ, मुडिकुवाँ,लिमिठान, ठानामौला, शंकरपोखरी र थापाठानामा ५ सय ८३ दशमलव १७प्रतिशत हेक्टरमा मकैजोनको कार्यक्रम सञ्चालनहुदै आएकोश्रेष्ठले बताउनु भयो । त्यस्तै उहाँले अबयसको क्षेत्र विस्तार गरी नगरपालिकाभित्रका सम्पुर्ण वडामा पु¥याईने समेतबताउनु भयो । सरकारले मात्र कार्यक्रम ल्याएको भरमा कृषिमा क्रान्ति नआउने भन्दै बरिष्ठ कृषिविकास अधिकृत श्रेष्ठले, कृर्षकको ईक्षाशक्ति, जोस,जागर र  मिहिनेत समेत उतिकै आवस्यक पर्ने बताउनु भयो । २ दिन सम्म सञ्चालन गरीने तालिममा फलेवास नगरपालिकाका देविस्थान, खानीगाउँ र मुडिकुवाका गरी  २५ जना कृर्षकहरुको सहभागिता रहेको छ ।तालिममा  मकै विहु उत्पादन, मकै बालिमालाग्ने रोग किरा व्यवस्थापन, भण्डारण, प्रसोधन तथा बजारीकरण र भकारो सुधार बारे कृर्षकहरुलाई प्रशिक्षण गराईने कृषि अधिकृत हेम शर्मा तिवारीले बताउनु भयो । दुईदिन सम्म सञ्चालन हुने तालिममा बरिष्ठ कृषि विकास अधिकृत बसन्तकुमार श्रेष्ठ, जोन संयोजक नर बहादुर खत्रि,कृषिअधिकृत हेम शर्मा तिवारी र नारायण पौडेलले प्रशिक्षण गर्नुहुने छ । जोन संयोजक, नर बहादुर खत्रिको अध्यक्षतामा सम्पन्न उद्दघाटन कार्यक्रमको संचालन कृषिविकास अधिकृत हेम शर्मा तिवारीले गर्नु भएको थियो ।  

http://phalewassandesh.com/story/2494