खुर्कोटमा नागरिकहरुवीच सार्वजनिक सुनुवाई
sajan pariyar     1 month ago     136
खुर्कोटमा नागरिकहरुवीच सार्वजनिक सुनुवाई

साउन १४,पर्वत । कुश्मा नगरपालिका वडा नं २ खुर्कोट वडा कार्यालयको आयोजनामा आइतवार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । सार्वजनिक सुनुवाईमा आर्थिक बर्ष २०७४-०७५मा वडाबाट वितरण भएका विभिन्न योजनाहरुको कार्यान्वयनको अवस्था र गुणस्तरीयताको साथै  कार्यालयबाट भएका सेवा प्रवाहको विषयमा वडाबासी नागरिकहरुले विभिन्न सुझावहरु राखेका थिए । सहभागीहरुले अन्य वडाहरुको तुलनामा खुर्कोटले निकै राम्रो काम गरेकोमा प्रशंसा गर्दै आगामी बर्षको कार्यक्रममा सबै बस्तीस्तरबाट योजनाहरु संकलन गरि कार्यान्वयन गर्न र अनुगमन र मूल्याङ्कनलाई प्रभावकारी वडाबासीहरुले जनप्रतिनिधिहरुको ध्यानाकर्षण गराएका थिए ।

सहभागी नागरिकहरुको सुझाव र प्रतिक्रियाको जवाफ दि“दै कुश्मा नगरपालिका वडा नं २ खुर्कोटका वडाअध्यक्ष यदुनाथ बास्तोलाले वडाबासीकै मागका आधारमा वडाले रकम विनियोजन गरि खर्च गरेको वताउनु भयो । वडाअध्यक्ष बास्तोलाले यो आर्थिक बर्षमा आफ्ना लागि पहिलो बर्ष भएकोले कम अनुभवका कारण पनि योजना छनौटमा केही कमी कमजोरी भएपनि आगामी दिनमा तिनलाई सुधार्दै वडाबासीहरुको मागका आधारमा योजना छनोट गरि कार्यान्वयन गर्ने र वडाबाट वितरण भएका योजनाहरुलाई सकेसम्म पारदर्शी र जवाफदेही बनाउने प्रतिवद्धता जनाउनु भएको थियो । 

सार्वजनिक सुनुवाई कार्यक्रममा वडा सचिव छत्रनाथ पौडेल,  वडा सदस्यहरु कालीभक्त शर्मा, शान्ति शर्मा कुमाल, दलबहादुर रेग्मी र माया दर्जीको सहभागिता थियो भने, कार्यक्रममा लोकतान्त्रिक गैरसरकारी संस्था महासंघका जिल्ला अध्यक्ष गणेशबहादुर क्षेत्री, हिमालय उच्च मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छत्रराज रेग्मी, कालीका मावि खुर्कोटका प्रधानाध्यापक बाबराम शर्मा, नागरिक सचेतना केन्द्रका अध्यक्ष कृष्णबहादुर नेपाली, पूर्व गाविस अध्यक्ष मिनबहादुर रेग्मी, स्वास्थ्य चौकीका इन्चार्ज एकनाथ सुवेदी लगायतले बोल्नुभएको थियो । 


कुश्मा नगरपालिका वडा नं २ का वडा अध्यक्ष यदुनाथ बास्तोलाको सभापतित्वमा भएको उक्त सार्वजनिक सुनुवाईको सहजीकरण रेडियो शालिग्रामका स्टेशन म्यानेजर ओमप्रसाद घायलले गर्नुभएको थियो भने स्वागत मन्तव्य वडासदस्य शान्ति शर्मा कुमालले गर्नुभएको थियो । 


सम्बन्धित समाचार (कुश्मा नगरपालिका )
सम्बन्धित समाचार ( स्थानीय तह)