नेकपाका संस्थापक कर्मचार्यको स्मृती दिवस पर्वतमा
sajan pariyar     1 month ago     262
नेकपाका संस्थापक कर्मचार्यको स्मृती दिवस पर्वतमा

साउन १०, पर्वत । नेपाल कम्युुनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको पाँचौं स्मृति दिवस पर्वतमा पनि एक कार्यक्रमको आयोजना गरि मनाईएको छ । 

नेपाल कम्युनिष्ट पार्टी पर्वतको कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै नेताहरुले नेपाली कम्युनिष्ट आन्दोलमा कर्माचार्यले पुराएको योगदानको चर्चा गरेका थिए । 

कार्यक्रमा बोल्दै प्रमुख अतिथि नेकपाका नेता तथा जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर बि। पौडेलले कर्माचार्यले नेपाली कम्युनिष्ट आन्दोलनमा लागेर निष्ठाको राजनीति गरेको बताउँदै स्वर्गीय कर्मचार्यकै योगदानका कारण अहिले कम्युनिष्टले दुई तिहाई ल्याउन सकेको बताउनुभयो । 

कार्यक्रममा नेकपाका नेता मेघनाथ सुबेदी, दिपक आचार्य, कर्मचारीको आधिकारीक ट्ेड युनियनका अध्यक्ष उद्धिमराज पौडेल लगायतले कर्माचर्यको योगदानको विषयमा आफ्नो भनाई राखेक थिए । नेकपाका नेता ढाकाराम गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन शिबलाल सार्कीले गर्नुभएको थियो । 

कम्युुनिष्ट पार्टीका संस्थापक सदस्य कर्माचार्यको जन्म १९८१ कार्तिक १४ भएको थियो भने ८९ वर्षको उमेर २०७० साउन ९ गते मृत्यु भएको थियो । उहाँ पछिल्लो समय तत्कालिन नेकपा माओवादी केन्द्रमा आवद्ध हुनुहुन्थ्यो ।

निरंकुश जहानिया राणा शासनका विरुद्धको प्रजातान्त्रिक जन९आन्दोलनका क्रममा २००६ सालमा पुष्पलालको नेतृत्वमा उहाँसहित पाँच जना मिलेर नेपाल कम्युनिष्ट पार्टी स्थापना गर्नु भएको थियो । नेकपाका संस्थापक नेतामा पुष्पलाल श्रेष्ठसहित नारायण विलास जोशी, निरञ्जन गोविन्द वैद्य, नरबहादुर कर्माचार्य र मोतीदेवी श्रेष्ठ हुनुहुन्थ्यो ।


सम्बन्धित समाचार (कुश्मा नगरपालिका )
सम्बन्धित समाचार ( स्थानीय तह)