काँग्रेसमा साढे चार सय बढी प्रवेश
admin     4 months ago     416
काँग्रेसमा साढे चार सय बढी प्रवेश

पर्वत, मंसिर ३–आफ्नो चुनावी अभियान लिएर पर्वतको दक्षिण भेगका मतदाताको घरदैलोमा पुगेका पर्वत प्रतिनिधिसभाका उमेद्वार तथा नेपाली का“ग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले एमाले–माओेवादीका साढे चार सय नेता, कार्यकर्तालाई नेपाली का“ग्रेसमा प्रवेश गराएर आइतवार सदरमुकाम फर्केका छन् ।

कार्तिक २१ गते दक्षिणी पर्वतको हुवासबाट चुनावी अभियान शुरु गरेका नेता जोशीको प्रभावले दक्षिणमा बाम गठबन्धनका धेरै आधार इलाकाहरु भत्केका छन् भने का“ग्रेसको जनाधार निकै बलियो भएको छ ।

शनिवार राती मात्रै पर्वतको विहादी गाउ“पालिका ३  रानीपानीबाट एमाले र माओवादी समर्थक सयौं कार्यकर्ताहरु नेपाली का“ग्रेसमा प्रवेश गरेका छन् । प्रवेश गर्नेहरुमा माओवादीका जिल्ला सदस्य नवराज शर्मा, स्थानीय निर्वाचनमा जनमोर्चाबाट वडा अध्यक्षका प्रत्यासी टेकबहादुर दर्जी, वाइसिएल इन्चार्ज जगत ठकुरी र कुमाल मुक्ति मोर्चाका संयोजक सूर्य कुमाल लगायतका व्यक्ति रहेका छन् ।

विगतमा पर्वत क्षेत्र नं. १ बाट निरन्तर चुनाव जितेका का“ग्रेस केन्द्रीय सदस्य जोशीको उपस्थितिले क्षेत्र नं. २ का मतदाताहरु निकै उत्साहित भएको पाइएको छ ।

का“ग्रेसका प्रति मतदाताको उत्साह र बामपन्थी गठबन्धनमा आएको विचलनले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा का“ग्रेसको जीत सुनिश्चित भएको केन्द्रीय सदस्य जोशीले जानाकारी दिए । ‘म गाउ“ पुग्दा धेरै बामपन्थी साथीहरु का“ग्रेसका प्रति उत्साहित हुनुभयो, हरेकदिन मध्यरातीसम्म उहा“हरुलाई मैले का“ग्रेसको सदस्यता प्रदान गरे“, क्षेत्र नं. २ मा अन्य पार्टीको समेत का“ग्रेसकाप्रति देखिएको विस्वास र भरोसाले मलाई  पनि निकै उत्साहित बनाएको छ’–नेता जोशीले भने ।

नवप्रवेशीहरुले परिपक्व र विकासवादी नेतालाई आफ्नो घर आगनमा पाएर आफूहरु निकै उत्ुसाहित भएको वताएका छन् । उनीहरुले बामपन्थी गठबन्धनले देशलाई शान्ति र समृद्धितिर भन्दा निरंकुशता र अतिवादतर्फ लैजाने खतरा बढेकोले आफूहरु लोकतन्त्रको पहरेदार नेपाली का“ग्रेसमा प्रवेश गरेको वताए ।  त्यस्तै बामबगठन्धनको बलियो गड मानिएको कार्कीनेटा, फलामखानी, पाखापानी, कुर्घा, ठानामौला, लिमिठाना लगायतका वडाबाट बहुसंख्यक बामपन्थी कार्यकर्ताहरु नेपाली का“ग्रेसमा प्रवेश गरेका छन् ।

त्यस्तै थापाठाना, लुङ्खु, होश्राङ्दी, भोक्सिङ, बालाकोट, हुवासबाट समेत धेरै युवाहरु का“ग्रेसमा प्रवेश गरेका छन् । नव प्रवशेीहरुलाई पार्टीको सदस्यता वितरण गदै नेपाली का“ग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभाका उम्मेदवार अर्जुनप्रसाद जोशीले आफूले युवाहरुको भावना बुझेर काम गर्ने  प्रतिवद्धता व्यक्त गरे । नेता जोशीले  पर्वतका वेरोजगार युवाहरुलाई स्वरोजगारी बनाउन राज्यबाट सहुलियत दरमा ऋण उपलब्ध गराउने र उद्यमशीलता र आयआर्जनका कार्यक्रमहरुमा संलग्न गराउने प्रतिवद्धता व्यक्त गरे ।

त्यस्तै प्रदेशसभा अन्र्तगत पर्वत क्षेत्र नं. २ का उम्मेदवार राजेन्द्रप्रसाद तिवारीले युवाहरुको आगमनले आफुलाई थप हौसला थपेको बताए । तिवारीले लाखौं युवाहरुको सपनालाई सार्थक बनाउन आफू युवा प्रतिनिधि भएर चुनाव लडेको वताउ“दै पर्वतको उर्जा, पर्यटन र कृषिमार्फत सबै युवाहरुलाई रोजगारी सिर्जना गर्ने आफ्नो मूख्य चुनावी एजेण्डा रहेको जानकारी दिए ।


na
सम्बन्धित समाचार ( मुख्य खबर)