कुश्मा नगरपालिका वडा नम्बर ४ ले ग¥यो सार्वजनिक सुनुवाई
    2 months ago     91
कुश्मा नगरपालिका वडा नम्बर ४ ले ग¥यो सार्वजनिक सुनुवाई


असार २८, पर्वत- कुश्मा नगरपालिका वडा नं को वडा कार्यालयको आयोजनामा वुधवार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको सार्वजनिक सुनुवाईमा आर्थिक बर्ष २०७४÷०७५मा वडाबाट वितरण भएका विभिन्न योजनाहरुको कार्यान्वयनको अवस्था गुणस्तरीयताको साथै  कार्यालयबाट भएका सेवा प्रवाहको विषयमा नागरिकहरुले विभिन्न सुझाव तथा गुनासाहरु राखेका थिए सहभागीहरुले वडाबाट वितरण भएका योजनाहरुको प्रभावकारी अनुगमन  हुनुपर्ने, बजेट वितरण गर्दा शिक्षा, स्वास्थ्य खानेपानीलाई प्राथमिकतामा राख्नुपर्ने योजना वितरण गर्दा उपभोक्ताको मागका आधारमा गर्नुपर्ने लगायतका सुझावहरु दिएका थिए

सहभागी नागरिकहरुको प्रश्नको जवाफ दिदै कुश्मा नगरपालिका वडा नं का वडाअध्यक्ष मिना कर्माचार्यले यो आर्थिक बर्ष आफ्ना लागि पहिलो बर्ष भएकोले कम अनुभवका कारण पनि योजना छनौट खर्च प्रक्रियामा केही कमी कमजोरी भएपनि आगामी दिनमा तिनलाई सुधार्दै वडाबासीहरुको मागका आधारमा योजना छनोट गरि कार्यान्वयन गर्ने वडाबाट वितरण भएका योजनाहरुलाई सकेसम्म पारदर्शी जवाफदेही बनाउने प्रतिवद्धता जनाउनु भएको थियो

सार्वजनिक सुनुवाई कार्यक्रममा वडा सचिव जगत जोशी, वडा सदस्यहरु टेकनारायाण श्रेष्ठ, विष्णु शर्मा तिलकुमारी शर्मा, गुप्तेश्वर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख सुन्दरप्रसाद जोशी, नारी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तुप्ला शाक्य, इश्वरीप्रसाद शर्मा, सम्भुकुमार जोशी, पुरुषोत्तम आचार्य, राजकुमार जोशी, प्रेम बराइली युवक श्रेष्ठ लगायतले विभिन्न सुझावहरु राख्नुभएको थियो

कुश्मा नगरपालिका वडा नं का वडा अध्यक्ष मिना कर्माचार्यको सभापतित्वमा भएको उक्त सार्वजनिक सुनुवाईको सहजीकरण रेडियो शालिग्रामका स्टेशन म्यानेजर ओमप्रसाद घायलले गर्नुभएको थियो

सम्बन्धित समाचार (कुश्मा नगरपालिका )
सम्बन्धित समाचार ( स्थानीय तह)