प्रदेश ४ का यि जिल्लामा अझै सडक पुगेको छैन
    3 months ago     441
प्रदेश ४ का यि जिल्लामा अझै सडक पुगेको छैन

बैशाख ३१, पर्वत । संघीयता कार्यान्वयनसँगै गाउँमा सिंहदरबारको अधिकार पुगे पनि अझै ३७ जिल्लाका ४८ गाउँपालिकामा सडक पुगेको छैन । साविकका दुई सय ५९ गाविसमा सडक पुगेको छैन । साविकका ती गाविसबाटै ४८ गाउँपालिकाको केन्द्र तोकिएको छ । बाँकी गाविस दुई सय ११ वडामा परिणत भएका छन् । स्थानीय सरकारका प्रत्येक वडामा सडक सञ्जाल हुनु आवश्यक मानिएको छ।


सरकारले स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग ९डोलिडार० र सडक विभागमार्फत देशभर झन्डै ७० हजार किलोमिटर सडक निर्माण गरिसकेको छ । प्रदेश ४ को गोरखाका आठ, लमजुङका तीन, तनहुँको एक, कास्कीका दुई, मनाङका दुई, म्याग्दीका ६ र बाग्लुङका दुई वडा बाँकी छन् ।


प्रदेश ५ मा प्युठानको एक, रोल्पाको एक र रुकुमका ६ वडाका केन्द्रमा सडक जोडिएका छैनन् । प्रदेश ६ मा सल्यानका चार, सुर्खेतका तीन, दैलेखका तीन वडा, जाजरकोटका दुई गाउँपालिका र १० वडा, जुम्लाका दुई वडा, डोल्पाका आठ गाउँपालिका र २१ वडा, कालिकोटका सात गाउँपालिका र २४ वडा, मुगुका दुई गाउँपालिका र १३ वडा एवं हुम्लाका सात गाउँपालिका र २७ वडा सडकविहीन छन् ।