भवानी बिद्यापिठमा अनलाईनबाट मास्टर डिग्री गर्न सम्झौता
    3 months ago     142
भवानी बिद्यापिठमा अनलाईनबाट मास्टर डिग्री गर्न सम्झौता

बैशाख २९, फलेवास । काठमाण्डौ युनिर्भसिटिको अनलाईन मास्र्टर डिग्रि कार्यक्रम भवानी विद्यापीठ माविमा सञ्चालन गर्नको लगि संभmौता गरीएको छ । उक्त कार्यक्रम काठमाण्डौ विश्व विद्यालयको स्कुल अफ एजुकेशन संकाय अन्र्तगत लिडरसिप म्यानेजमेन्ट र म्याथमेटिक्स इन एजुकेशन आगामी शैक्षिक सत्रवाट सञ्चालन गर्ने गरी सम्झौता भएकोे हो ।

शुक्रवार काठमाण्डौ विश्व विद्यालयको आयोजना तथा भवानि विद्यापीठ माविको संयोजनमा पर्वत र बाग्लुङ जिल्लाका विभिन्न विद्यालयका शिक्षक तथा प्रअहरुको लागि भवानी विद्यापिठ माविमा आयोजित एकदिने स्कुल लिडरसिप तालिम कार्यक्रमको अवसरमा भवानी विद्यापीठ मावि र काठमाण्डौ विश्व विद्यालय विच सम्भmौता गरीएको हो ।

कार्यक्रममा विद्यालयको गुणस्तर बृद्धि गर्न प्रद्यानाध्यापकको भुमिकाको वारेमा तालिममा सहभागी शिक्षकहरुलाई काठमाण्डौ विश्वविध्यालयका प्रोफेसर डा. बाशु प्रसाद सुवेदि र डा. धनपति सुवेदीले प्रशिक्षण दिनुभएको थियो । तालिममा सहभागि शिक्षकहरुलाई प्रशिक्षण दिदै विश्व विध्यालयका प्रोफेसर डा. बासुप्रसाद सुवेदीले विध्यालयका प्रअ र समुदायससगँ हातेमालो गर्दै समायानुकुल शिक्षा प्रदान गर्नतर्फ अग्रसर बन्नु पर्ने बताउनु भयो ।

श्रोतको पहिचान र संभावनाको खोजी गर्दै विद्यालयको शैक्षिक तथा भौक्तिक सुधार गरि विद्यार्थीहरुलाई पठनपाठनको उचित वातावरण मिलाउन सके मात्र शैक्षिक सुधार हुने उहाँले बताउनु भयो । कार्यक्रममा प्रोफेसर डा. धनपति सुबेदीले परिवर्तित समयसँगै अघि बढ्न नसक्दा पछिल्लो समयमा विध्यालय प्रति समुदायको विश्वस घट्दै जान थालेको बताउनु भयो । 

बिद्यालयका पूर्व अध्यक्ष भोलनाथ शर्माले शैक्षिक सुधारको लागि काठमाण्डौ विश्वविध्यालयको सिंगो टिमनै आएर निकै महत्वपुर्ण प्रशिक्षण दिएको भन्दै विश्वविद्यालय प्रति धन्यवाद व्यक्त गर्नु भएको छ । समाजको विकास र सम्बृद्धिको लागि सवै भन्दा पहिले शिक्षामा सुधार जरुरी रहेको भन्दै उहाँले शिक्षा क्षेत्रको सुधारमा जोड दिनुपर्ने बताउनु भयो ।्

शिक्षाबिद् राज प्रसाद पौडेलले भवानी विद्यापिठ माविलाई नमुना विद्यालयको रुपमा विकास गर्दै यस क्षेत्रका अन्य विद्यालयमा शैक्षिक सुधारको लगि यो कार्यक्रमले महत्वपुर्ण सहयोग पु¥याएको बताउनु भयो । थापाठाना माविका शिक्षक विष्णु प्रसाद शर्मा र जनता मावि सर्कुवाका प्रअ चन्द्रकान्त आचार्यले अनुभव व्यक्त गर्नु भएको थियो । 

कार्यक्रममा पर्वतको भवानि विद्यापिठ मावि, जनता मावि, लिमिठाना मावि, ध्रुव नमुना मावि, शारदा मावि थापाठाना मावि, जनसहयोगी मावि, ग्रामोदय मावि, बाग्लुङ जिल्लाका शान्ति मावि, जनता मावि, पल्लो पाखा मावि लगाएतका विध्यालयका प्रअ तथा शिक्षकहरु गरि ४७ जना शिक्षकहरुको सहभागिता रहेको थियो ।

 भवानि विध्यापीठ मावि विध्यालय व्यवस्थापन समितिका अध्यक्ष पदमपाणी भुसालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन विध्यालयका प्रअ अर्जुन कुमार रेग्मिले गर्नु भएको थियो ।