मोदी गाउँपालिकाले वडा कार्यालय बनाउन थाल्यो
    2 weeks ago     349
मोदी गाउँपालिकाले वडा कार्यालय बनाउन थाल्यो

बैशाख २९, तिलाहार ।  पर्वतको मोदी गाउँपालिका वार्ड नम्बर ६ तिलाहारको वडा कार्यालय बनाउन थालिएको छ । ८ वटा कोठा सहित पक्कि भवन बनाउन थालिएको हो । साविकको गाविस कार्यालय साँघुरो भएपछि नयाँ भवन बनाउने काम भैरहेको हो ।

अहिलेसम्म जग हालेर टाई, विम लगाउने काम सम्पन्न भएको वडाध्यक्ष बिमल लामिछानेले जानकारी दिनुभयो । वडा कार्यालयको भवन बनाउन ५० लाख रुपैयाँ गाउँपालिकाले रकम बिनियोजन गरिएको छ । यो बर्ष एक तले बनाउने र अर्को बर्ष थप तला थप्ने योजना रहेको छ ।

केन्द्रमा थप वजेट मागेर १ करोड जुटाएर वडा कार्यालय बनाउने योजना रहेको वडाध्यक्ष लामिछानेले बताउनुभयो । सार्वजनिक जग्गा खोजेर वडाले भवन बनाउन लागेको हो । २ बर्ष सम्म समय सम्म भवन निर्माण सम्पन्न हुने अपेक्षा गरिएको । 

पहिलेको भवनबाट कार्य सम्पादनमा समस्या रहेको थियो । नयाँ भवन बनेपछि कार्यसम्पादनमा सहज हुने वडाध्यक्ष लामिछानेले बताउनुभयो । मोदी गाउँपालिकाको समेत भवन बन्दै छ भने वडा ३ र ४ को पनि भवन बनाउने गाउँपालिकाले जानकारी दिएको छ । 


सम्बन्धित समाचार (मोदी गाउँपालिका )