Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

5 years ago

1151




भाषणकला सिक्दै शिक्षक र विद्यार्थीहरु
भाषणकला सिक्दै शिक्षक र विद्यार्थीहरु

पर्वत, १८ बैशाख । कलात्मक शैलीमा बोल्ने बानीको विकास गर्न पर्वतको एक विद्यालयका शिक्षक र विद्यार्थीले भाषणकला तालिम लिएका छन् । पर्वतको कुश्मा नगरपालिका वडा नं. ११ पकुवाको विरेन्द्र मावि प्राविधिक शिक्षाका शिक्षक र विद्यार्थीले तालिम लिएका हुन् । 

स्थानीय समाजसेवी स्वर्गीय युवा सन्तोष पौडेलको स्मृतिमा स्थापित सन्तोष पौडेल स्मृति प्रतिष्ठानको आयोजना तथा स्थानीय वडा कार्यालयको सह आयोजना एवं कुश्मा नगरपालिका शिक्षा शाखाको समन्वय र विद्यालयको व्यवस्थापनमा तीन दिन सम्म तालिम सञ्चालन भई सम्पन्न भएको छ । 

तालिम समापनका अवसरमा बोल्दै कुश्मा नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष तथा नगरपालिका सामाजिक तथा शिक्षा विकास समिति संयोजक शिव पौडेलले तालिमलाई तालिमकै रुपमा मात्रै नहेरी व्यवहारमा लागु गर्ने तर्फ सवैले ध्यान दिन सुझाव दिएका थिए । उनले जुन सुकै उमेर समुहका लागि पनि तालिम सानो ठुलो नहुने भन्दै सिकेका कुरालाई जीवनकार्यमा लागु गर्नु नै ठूलो कुरा भएको बताए । 

त्यस्तै नगरपालिका शिक्षा शाखा अधिकृत राजेन्द्रबहादुर क्षेत्रीले तालिमको प्रभावकारीताका बारेमा बोल्दै आफुमा रहेको अहमतालाई त्यागेर व्यवहारमा लागु गर्न आग्रह गरेका थिए । उनले तीन दिनकै प्रशिक्षणबाट सवै कुरा सिकाई उपलब्धि नहुने कुरा बताउँदै दैनिक जीवनयापनमा पनि तालिममा सिकेका कुराहरु प्रयोगमा ल्याउन सकेमा तालिमको सिकाई उपलब्धि बढ्दै जाने बताए । 

 तालिमबाट विद्यालयका १८ जना शिक्षक र २७ जना विद्यार्थीले छुट्टाछुट्टै प्रशिक्षण कार्यक्रमबाट तालिम लिएका थिए । तीन दिनपछिको सिकाई पश्चात् आफुहरुमा सोचेभन्दा बढी क्षमता अभिबृद्धि भएको सहभागी शिक्षिका साम्भवी अधिकारीले बताईन् । तालिम प्रभावकारी भएको भन्दै सिकेका कुराहरुलाई पूर्ण रुपमा व्यवहारमा उतारेर आफुमा अझै क्षमता अभिबृद्धि गर्ने उनको भनाई थियो । 

त्यस्तै विद्यार्थीको तर्फबाट अर्पना जिसी, विशाल कार्की, सम्झना शर्मा र विक्रम क्षेत्री लगायतले बोलेका थिए । प्रतिष्ठानका अध्यक्ष नारायण पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष रमेश बम मल्ल र प्रधानध्यापक नरनाथ रिमाल लगायतले बोलेका थिए । तीन दिन सम्म सञ्चालित प्रशिक्षण कार्यक्रममा भवानीप्रसाद शर्मा र विरेन्द्र माविका लेखापाल गणेश पौडेलले सहजिकरण गरेका थिए । सोही समारोहमा सहभागीहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो । 

पर्वतको कुश्मा नगरपालिका वडा नं। ११ पकुवाको विरेन्द्र माविले पर्वतको कुस्मा नगरपालिका र कोरीयाको ख्वाङ्जु महानगरपालिकाका मेयरबीच दुइ नगरबीच भगिनी सम्बन्ध स्थापीत गराउँदाको फोटो 
सम्बन्धित समाचार (कुश्मा नगरपालिका )
सम्बन्धित समाचार ( स्थानीय तह)