राष्ट्रिय र्याफ्टिङ च्याम्पियनसिप फागुनमा
    6 months ago     44
राष्ट्रिय र्याफ्टिङ च्याम्पियनसिप फागुनमा

नेपाल र्याफ्टिङ एन्ड क्यानोइङ संघको आयोजनामा राष्ट्रिय र्याफ्टिङ च्याम्पियनसिप हुने भएको छ। च्याम्पियनसिप फागुन ३ देखि ५ सम्म हुने भएको हो।

त्रिशुलीको फिस्लिङमा हुने प्रतियोगितामा नेपाली सेना, एपिएफसहित करिब १५ टोलीको सहभागिता रहने बताईएको छ।

नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्सिज (नारा), हिमालयन रिभर गाइड एसोसिएसन नेपालको सहयोगमा पाँचौं माउन्टेन स्पोर्ट्स फेस्टिबलअन्तर्गत हुने प्रतियोगिता फागुन ३ मा १० देखि १७ किमिको कायाकिङ डाउन रिभर रेस हुनेछ।