कल छलीको आरोप लागेका रोनाल्डो अदालतमा उपस्थित
    9 months ago     95
कल छलीको आरोप लागेका रोनाल्डो अदालतमा उपस्थित

१६ साउन, काठमाडौं । कर छलीको आरोप लागेका फुटबलर स्पेनिस अदालतमा उपस्थित भएका छन् ।

विश्वकै धनी फुटबलर रोनाल्डोमाथि १४.७ मिलियन युरो कल छली गरेको आरोप लागेको छ । उनले सन् २०१० पछि तस्वीर ‘राइट’बाट आएको लुकाएको अधिकारीहरुको दाबी छ ।

रियल मड्रिडबाट व्यवसायिक फुटबल खेल्दै आएका रोनाल्डोले भने आरोप अस्वीकार गर्दै आएका छन् ।

पछिल्लो समय स्पेनमा व्यवसायिक फुटबल खेल्दै आएकाहरुमाथि कर छलीको मुद्दा लाग्ने क्रम बढ्दो छ ।

गत वर्ष मात्र कर छलीको आरोपमा बार्सिलोनाका लिओनल मेस्सी दोषी पाइएको थियो र उनलाई २१ महिना जेल सजाय समेत सुनाइएको छ । तर, स्पेनिस कानुन अनुसार उनले जेल बस्नुको सट्टा २ लाख ५२ हजार पाउण्ड जरिवाना तिरे पुग्छ ।

सम्बन्धित समाचार (जिल्ला )