पर्वतको कोशेली बोकेर युके जाँदै विमलराज क्षेत्री,लण्डनमा हुने भयो धमाका .........................
    1 month ago     1067
पर्वतको कोशेली बोकेर युके जाँदै विमलराज क्षेत्री,लण्डनमा हुने भयो धमाका .........................



रोशन तिवारी वैशाख ६ पर्वत । पर्वत र पर्वतेको न्यानो माया बोकेर लोकगायक बिमलराज क्षेत्री युके जाँदै छन् । पर्वत सेवा समाज युकेले नयाँ बर्षको अवसरमा आयोजना गर्न लागेको शुभकामना आदानप्रदान तथा विभिन्न साँगितिक प्रस्तुती सहितको कार्यक्रममा पर्वतको साँगितिक कोशेली बोकेर क्षेत्री जान लागेका हुन् । पर्वतको लोकसंगितको स्वाद चखाउन शुक्रबार उनी युके उड्न लागेका छन् । बिशेष गरेर पर्वतबाट युकेमा पुगेका दाजुभाई दिदिबहिनीको न्यानो माया, सद्भाव, सम्मान ग्रहण गर्दै सम्पूर्ण पर्वतेहरुले माया बोकेर उनी युके जाँदैछन् । हरेक बर्ष नयाँ बर्षको अवसरमा पर्वत सेवा समाज युकेले पर्वतका कलाकारहरुलाई निम्ताएर कार्यक्रम गर्ने गरेको छ । यो बर्ष पनि अप्रिल २१ मा अल्डरसटस्थित एम्पायर हलमा भव्य कार्यक्रमको आयोजना गरिएको छ । 

युके जाने तयारीमा रहेका सर्वाधिक चर्चित गायक क्षेत्रीलाई पर्वत नेपाल डट.कमले युकेको कार्यक्रमको बारेमा सोध्दा उनी निकै खुशी मुद्रामा जान लागेको बताएका थिए । युरोप र मध्य पश्चिमा देशमा धेरै पटक पुगेका गायक क्षेत्रीले युके पहिलो पटक जान लागेको हामीलाई बताए । उनले नयाँ बर्षको कार्यक्रम भव्य हुने बताए । उनले त्यहाँको कार्यक्रममा पर्वत मेरो गाउँ...........वल्लै भो भेट.......... सुपारी चाम्रो......... भट्ट मकै भुटम्ला............ मधुबनैमा........ जापान टोकियो........ लगायत चर्चित गित समेत गाएर मनोरन्जन दिने सोच रहेको बताए । उनका बजारमा निस्किएर जनजिव्रोमा झण्डिएका प्राय सबै गित गाउने योजना छ । 

लोकसंगीतले मनोरन्जन मात्रै दिँदैन भन्दै उनले पर्वतको पर्यटनको बिकास, पर्वतको प्राकृतिक महत्व, पर्वतको कलाकारिता, पर्वतको रहनसहन समेत उनले गित मार्फत युकेमा रहेका नेपाली दाजुभाई दिदिवहिनीलाई जानकारी दिने बताउँछन् । 

लोकगायक क्षेत्रीसँगै चर्चित कलाकारहरुका साथ डिनर, डान्स र डिजेबाट भरपुर मनोरन्जन प्रदान गरिने पर्वत वेलफेयर सोसाइटी यूकेका अध्यक्ष दधि आचार्यले जनाए । आचार्यले सबैलाई सहभागी भएर शुभकामना आदानप्रदान तथा मनोरन्जन लिन आव्हान गरेका छन् । कार्यक्रममा नेपालकै अर्का राष्ट्रिय कलाकार रमेशराज भट्टराईले समेत साथ दिने छन् ।

पर्वतबाट बेलायत आएर जिल्लाको नाम उचो राख्न योगदान पु¥याउने मिस नेपाल यूके २०१७ सिर्जना गुरुङ, व्यवसायी रवि लामिछाने, मेजर धिर पुन, मेजर तथा डाक्टर जगनाथ शर्मा, एनआरएनए केन्द्रिय उपाध्यक्ष कुल आचार्य, ग्लोवल पर्वतका अध्यक्ष पुरन गिरी, समाजसेवी चन्द्रबहादुर गुरुङ, मिठुलाल विश्वकर्मा, पत्रकार तथा व्यवसायी हरिकाजी गुरुङ, अभिनेता ध्रुव दत्त, व्यवसायी गोलमान गुरुङ आदिलाई सोही कार्यक्रममा सम्मान गरिने सोसाइटी अध्यक्ष आचार्यले जानकारी दिए ।

उक्त कार्यक्रमको संयोजन सन्जिव गुरुङले गरेका छन् । आचार्यको नेतृत्वमा सोसाइटीले नेपालमा कयौं कल्याणकारी काम गरिसकेको छ । संस्थाले पर्वत जिल्लाको सदरमुकाम कुश्मास्थित शिवालय माविमा अध्ययनरत दृष्टिविहिन विद्यार्थीको लागि १० लाखको अक्षयकोष स्थापना गरेको छ भने भूकम्पको बेलामा आठवटा विद्यालयको पुनर्निर्माणमा पनि सहयोग गरेको थियो । यी बाहेक मानवीय समस्या जस्तै, मृगौला, क्यान्सर पीडित र घरवार विहीनलाई आर्थिक सहयोग देखि राष्ट्रिय महत्वको विषय महावीर पुनको आविष्कार केन्द्रलाई समेत सहयोग गरिएको  आचार्य  बताउंछन् ।

युकेमा हुने कार्यक्रमलाई पर्वत नेपाल डट.कमले समेत महत्वका साथ समाचार र सुचनाको माध्यमबाट सहयोग गरिरहेको छ । पर्वतको समृद्धि र प्रवासमा रहेका नेपालीहरुलाई सुचना र सञ्चारको माध्यमबाट जोडिँदै आएको पर्वत नेपाल डट.कमले कार्यक्रममा भएका हरेक ईभेण्टहरुलाई दर्शक र पाठक माझ प्रस्तुत गर्नेछ । 


na
सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( प्रवास)