Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

5 years ago

1174




सबारी दुर्घटनामा कुश्माकी उपमेयर लामिछाने घाईते
सबारी दुर्घटनामा कुश्माकी उपमेयर लामिछाने घाईते


बैशाख २ पर्वत । पर्वतको कुश्मानगरपालिकाकी उपमेयर सिता काफ्ले लामिछाने जिप दुर्घटनामा घाईते भएकी छन् । काठमाण्डौमा आफन्त भेट्न गएर फर्किदै गर्दा लेखनाथ महानगरपालिका ३२ गगनगौँडामा लामिछाने सवार बलेरो जीप ट्र«क संग ठक्कर खाँदा उहाँ सहित छोरी देव्यानी लामिछाने, चालक बिनोद क्षेत्री, शिव क्षेत्री समेत घाईते भएका छन् । उहाँहरु सबैको अवस्था सामान्य रहेको छ । 


उपमेयर लामिछानेको नाकमा अलि बढि चोट लागेको जनाइएको छ । घाईतेको गण्डकी मेडिकल कलेज र मणिपाल अस्पतालमा उपचार भैरहेको छ । ट्रकले जिपलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । ट्रकले ठक्कर दिँदा जीप सडकमै पल्टिएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । 


जिप, ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाको अनुसन्धान भैरहेको कास्की प्रहरीले जनाएको छ । पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ३२ तल्लो गगनगौडा स्थित पृथ्वीराजमार्गमा ना २ ख ९७८९ नम्बरको ट्रक र बिपरित दिशा तर्फबाट आँउदै गरेको ना ४ च ५०५४ नम्बरको बोलेरो जिप ठोकिएका हुन् । 



सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)